१. पहाड पर्वतको उचाइ, समुद्र वा महासागरको गहिराइ कुन प्रकृतिको दुरीमा नापिन्छ ?
– लम्मवत् दुरी ।
२. एउटै सतहमा रहेका स्थान वा वस्तुको दुरी कस्तो प्रकारको हो ?
– क्षितिज दुरी ।
३. आल्पस पर्वतमाला कुन महादेशमा पर्दछ ?
– युरोप ।
४. साइनाई पहाड कुन देशमा पर्दछ ?
– इजिप्ट ।
५. विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ समुद्री सतहदेखि कति फिट छ ?
– २९०२८ फिट ।
६. रकी पर्वतमाला कुन महादेशमा पर्दछ ?
– उत्तर अमेरिका ।
७. पृथ्वीको कुनै स्थानबाट त्यसको विपरित ठाउँमा पर्ने स्थानलाई के भनिन्छ ?
— प्रतिलोम ।
८. पृथ्वीको भित्र भागमा भू–कम्पको कम्पन उत्पन्न हुने केन्द्रलाई के भनिन्छ ?
– हाइपोसेन्टर ।
९. हाइपोसेन्टरमा उत्पत्ति भएको कम्प पृथ्वीको सतहमा आइपुग्ने केन्द्रलाई के भनिन्छ ?
– इपिसेन्टर ।
१०. भू–कम्पको देशको उपनामले चिनिने देश कुन हो ?
– जापान ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













