१. प्राणीबधबाट विमुख श्रावकले क्रोधादि आसक्तिबाट मन दुषित पारेर पशु र मानिसलाई बन्धन, लठ्ठी आदिले पिट्नु, नाक छेड्नु, शक्तिभन्दा बढी भार बोकाउनु र खानपिउनबाट रोक्नुजस्ता काम गर्नु हुँदैन । किनकि यस्ता कर्म हिंसा जस्तै हुन् । यिनलाई त्याग्नु स्थुलहिंसा विरक्ति हो ।
२. मांसाहारले अहङ्कार बढ्दछ । अहङ्कारले मद्यपानको अभिलाषा जाग्दछ अनि त जुवा पनि खेल्दछ । यस प्रकार मनुष्य माथि वर्णित सबै दोषलाई प्राप्त गर्दछ ।
३. प्राणीवध हिंसा, मृषावाद असत्यवचन, नदिएको वस्तु ग्रहण गर्नु चोरी, परस्त्री सेवन कुशिल, तथा अपरिमित कामना परिग्रह यी पाँचै पापबाट विरक्ति अणुव्रत हो ।
४. स्थुल असत्य विरक्ति दोस्रो अणुव्रत हो । यसका पनि पाँच भेद छन् । कन्या— अलिक, गो— अलिक र भू— अलक अर्थात् कन्या, पशु तथा भूमिको वषयमा झुटो बोल्नु कसैको धरोहर (नासो) दबाउनु र झुटो बयान गबाही दिनु ।
५. साथसाथै सत्य अणुव्रतीले नसोची नबुझिकन एक्कासी न त केही कुरा भन्छ, न त कसैको रहस्योद्घाटन गर्दछ । न आफ्नी पत्नीको कुनै गोप्य कुरा मित्रहरुमा प्रकट गर्दछ ।
६. आफ्नी पत्नीसँग सन्तुष्ट ब्रह्मचर्याव्रती श्रावकले विवाहित वा अविवाहित नारीसँग सधैँ टाढा रहनुपर्दछ । मानसिक रति–क्रिडा गर्नु हुँदैन । आफ्ना सन्तानका अतिरिक्त अन्यको विवाह गराउनुमा दिलचस्पी लिनु हुँदैन । काम–सेवनको तीव्र लालसा त्याग्नुपर्दछ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













