धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको ठूलो प्रयास र मेहनतपछि धरानमा कोकाहा नदिको पानी पुगेको छ । सोमबार राति पानी धरान पु-याएका साम्पाङले सामाजिक सञ्चाल मार्फत स्थानीयलाई सो पानीले नुहाउने कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरेका थिए । पानी धरान पुग्दा मेयर साम्पाङ भने भावुक देखिए ।
उनी खुसीले आँशु झार्दै पाइपको पानी छुन पुगेको भिडियो सामाजिक संजालमा निकै भाईरल भएको छ । निर्वाचनका बेला आफूले धरानबासीको पानीको समस्या समाधान गर्ने एजेण्डा बोकेका धर।न उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काकाकुल धरानलाई पानी खुवाएरै छोडेका छन् ।
मेयर हर्क साम्पाङले अगाडि सारेका श्रमदान अभियान सफल भएसंगै धरान ४२ किलोमिटर टाढा कोकाहा खोलाको पानी ल्याउन सफल भएको छ । खानेपानीको चरम अभाव खेपिरहेको धरानले कोकाहा खोलाको पानी धरान २० स्थित पकुवा खोलामा खसाल्न सफल भएको हो । मेयर हर्क साम्पाङ नेतृत्वको श्रमदान टोलीले कोकाहा खोलादेखि धरानसम्म ४२ किलोमिटर पाइपलाइन विछ्याएर पानी ल्याएका हुन् ।
सो खोलामा ल्याइएको पानी ट्याङकीमा सञ्चय गर्ने गरी काम भईरहेको छ । मेयर हर्क साम्पाङले कोकाहा खालाबाट पकुवा खोलासम्म पानी ल्याउने अभियानमा श्रमदान गरेका तथा विभिन्न माध्यमबाट साथ सहयोग प्रदान गर्ने सम्पूर्णमा सामाजिक सञ्जाल मार्फत धन्यबाद व्यक्त गरेका छन् ।
त्यस्तै, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले शिक्षा र स्वास्थ्य केन्द्रलाई प्राथमिकतामा राखेका छन् । काठमाडाँै महानगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुले प्रचलित कानून, मापदण्ड अनुसार असाहय विपन्न सहित लक्षित वर्गहरुलाई कूल शैयाको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने लगायतका स्वास्थ्य संस्था सुधारमा लागेका बालेनले छात्रावृत्ति नदिने विद्यालयहरुलाई समेत लक्षित गरेका छन् ।
कुल आम्दानीको १० प्रतिशत छात्रावृत्ति विपन्न तथा लक्षित विद्यार्थीलाई दिनुपर्ने नियम निजि विद्यालयले पालना नगरेको भन्दै अनुमति समेत रद्द गरिदिने बालेनले चेतावनी दिएका छन् । त्यस्तै, उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै काठमाडाँै महानगरपालिका भित्र रहेका सबै तहका अस्पतालहरुले देखिने गरी सेवा सुविधामा सर्वसाधारणको पहुँच स्थापित गर्ने गरी सुधार नगरेमा, प्रचलित स्वास्थ्य सम्बन्धी कानून तथा मापदण्डको पालना नगरेको पाईएमा संघ तथा प्रदेश मातहतका अस्पतालहरुमा समेत हस्तक्षेपकारी कानूनी कारवाही गर्ने चेतावनी दिएका छन् । विद्यालय तथा स्वास्थ्य संस्थाहरुले यसअघि चासो नदिएका स्थानिय निति र नियम कार्यान्वयनमा महानगरले जोड दिईरहेको जनाएको छ ।
गर्न के हुदैँन रैछ भन्नै उदाहरुण धरानका मेयर हर्क साम्पाङ र काठमाडौँका मेयर बालेन्द्र शाह बालेनले दिएका छन् । उनीहरुले गरेका उल्लेखनिय कामले अन्य राजनितिक दलहरुलाई पाठ सिकाएको छ । तर, हेरौँ विभिन्न एजेण्डा दिएर निर्वाचन जितेका अन्य राजनितिक दलहरुले आफ्नो एजेण्डा अनुसारको काम गर्छन् कि बहाना बाजी गर्दे बाटो फेर्छन्, त्यो भने समयले नै देखाउनेछ ।













