भनिन्छ मोटोपन रोगको घर हो, मोटो मान्छेलाई अनेकौं रोगले सताउँछ । एकचोटि तौल बढेपछि घटाउनका लागि धेरै मेहनत गर्नुपर्ने हुन्छ । त्यसैले स्वस्थ रहनका लागि सधैँ स्लिम हुनु जरूरी हुन्छ ।
मोटोपन घटाउनका लागि धेरैले डाइटिङ गर्छन् भने केहीले जिम धाउँछन् । तर तपाईंलाई थाहा नहुन सक्छ, चिसो पानीले नुहाउँदा पनि तौल घट्छ भन्ने कुरा । हाम्रो शरीरमा सेतो र खैरो दुई किसिमका बोसोहरू हुन्छन् । सेतो बोसो बढ्यो भने शरीर मोटाउँछ ।
चिसो पानीले नुहाउँदा तनाव कम हुने हुँदा रक्तसञ्चार बढाउँछ जसका कारण बोसो घट्छ । यसले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ । मानसिक रोग लागेका व्यक्तिलाई चिसो पानीले नुहाउँदा फाइदा पुग्छ ।













