• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालय समर्पित हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड

by
३१ जेष्ठ २०८०,
0
शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न विश्वविद्यालय समर्पित हुनुपर्छः प्रधानमन्त्री प्रचण्ड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमाथि उठाउन, देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन शिक्षण संस्थाको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

दाङको बेलझुण्डीमा आज आयोजित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, छात्रछात्रा र सम्पूर्ण शुभचिन्तक राजनीतिक आस्था एवम् दलगत अभ्यासदेखि माथि उठेर शैक्षिक तथा प्राज्ञिकस्तर अभिवृद्धि गर्न समर्पित हुनु जरुरी रहेको औँल्याए ।

विश्वविद्यालयबाट आर्जित ज्ञान, सीप र दक्षताको व्यावहारिक प्रयोगको बेला आएको उल्लेख गर्दै उनले कर्तव्यप्रतिको निष्ठा, आफूले आर्जेको ज्ञानप्रतिको विश्वास र दृढ इच्छाशक्तिका साथ यस विश्वविद्यालयको मर्यादा र प्रतिष्ठालाई ध्यानमा राखी अनुशासित भएर राष्ट्रसेवा र लोकहितमा प्रवृत्त हुन छात्रछात्रालाई आग्रह गरे।

सरकारले नेपालभित्रै गुणस्तरीय शिक्षाको विकास एवम् प्रवद्र्धनका लागि विश्वविद्यालयबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धालाई बढावा दिन चाहेको उल्लेख गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले विश्वविद्यालयको अध्ययन अध्यापनलाई अनुसन्धानमा आधारित बनाउन सरकारले स्पष्ट योजना अगाडि सारेको बताए ।

उनले विश्वविद्यालयका पाठ्यक्रमलाई समयसापेक्ष बनाउने विषयलाई सरकारले आप्mनो नीति कार्यक्रमभित्र समेटेको बताए ।

प्रधानमन्त्री दाहालले विद्यार्थी तथा विश्वविद्यालयको जनशक्तिको क्षमता विकास हुने गरी सरकारी क्षेत्रका अध्ययन, अनुसन्धानका कार्य र सरकारी कार्यक्रमका लागि आवश्यक परामर्श सेवा विश्वविद्यालयमार्फत गर्ने व्यवस्था मिलाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

अध्ययन गर्नु वा ज्ञान प्राप्त गर्नु र त्यसलाई व्यवहारमा उतार्नु सबैभन्दा महत्वपूर्ण कुरा भएको उल्लेख गर्दै उहाँले दीक्षित विद्यार्थीलाई राष्ट्रको नवनिर्माणमा आफ्नो बौद्धिक क्षमता, शारीरिक शक्ति र मानसिक एकाग्रताको भरपूर उपयोग गर्न समर्थ हुनुहोस् भनी शुभकामना दिए ।

“प्राचीन गुरुकुलमा दीक्षान्तका बेला गुरुहरू आफ्ना शिष्यले आफूले पढाएको र सिकाएको कुरालाई कत्तिको आत्मसात् गर्यो, आफूले दिएको ज्ञानलाई उसले व्यवहारमा उतार्न सक्छ कि सक्दैन भन्ने कुराको परीक्षण गर्थे”, प्रधानमन्त्री दाहालले भने, “यो कुरालाई मनन गरेर तपाईंहरूले पनि आफूले पाएको ज्ञानलाई व्यवहारमा उतार्ने प्रयत्न गर्नेछन् ।”

उनले संस्कृत वाङ्मयभित्र रहेको ज्ञानराशिलाई लोकसमक्ष पस्किने अभिभारा आफूहरूमाथि रहेको यथार्थलाई छात्रछात्राले नबिर्सने विश्वास व्यक्त गरे ।

“वर्तमान अवधि गुणस्तरका लागि प्रतिस्पर्धाको समय हो । आफ्नो क्षमता र स्तरवृद्धि गर्दै जाने हो भने अवसर स्वतः प्राप्त हुँदै जान्छन् । यो सत्यलाई हामी सबैले मनन गर्नुपर्छ”, उनले भने ।

सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने ऐतिहासिक अभिभारा पूरा गर्न लागिपरेको उल्लेख गर्दै उनले मुलुकमा समृद्धिको बिहानी ल्याउन आमजनतालाई सशक्त र एकताबद्ध तुल्याउनु पनि त्यत्तिकै आवश्यक रहेको बताए । “राष्ट्रिय पुनःजागरणको यो महान् यात्रामा नेपाल संस्कृत विश्वविद्यालयले पनि आफ्नो अंशदान गर्नै पर्छ”, उनले भने ।

मानवीय सुख, समृद्धि, संस्कार तथा पर्यावरण संरक्षणका निम्ति भएका अद्वितीय अनुसन्धानको भण्डार संस्कृत भाषामा नै सुरक्षित रहेको उल्लेख गर्दै उनले नेपाल संस्कृत विश्वविद्यालय यही परम्पराको उत्तराधिकारप्राप्त र देशका अन्य विश्वविद्यालयभन्दा पृथक् रहेको बताए । उनले पूर्वीय वाङ्मयको संरक्षण र संवद्र्धन गर्नुका साथै नेपालीपनको जगेर्ना गर्नु विश्वविद्यालयको मुख्य दायित्व भएको बताए ।

नेपालमा उच्च शिक्षाको विकास, विस्तार र स्तरीकरणमा नेपाल संस्कृत विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको जनाउँदै उनले पौरस्त्य मूल्यमान्यता, संस्कार, संस्कृति र आदर्शको सम्वद्र्धन एवम् विकासमा विश्वविद्यालयले दिएको योगदान अत्यन्त प्रशंसनीय रहेको बताए ।

विविध कारणले गर्दा नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोह विगत बाह्र वर्षयता सम्पन्न हुनसकेको नसकेकातर्फ पदाधिकारीको ध्यानाकर्षण गराउँदै उनले छात्रछात्राको वर्तमान र भविष्यसँग गाँसिएका यस्ता कार्यक्रमलाई समयमै आयोजना गर्न विश्वविद्यालय प्रयत्नरत रहनुपर्ने बताए ।

प्रधानमन्त्री दाहालले नयाँनयाँ खोज, आविष्कार तथा विकासका आधार सबै शिक्षामा नै निर्भर हुने भएकाले यस विश्वविद्यालयबाट पनि समुन्नत समाज निर्माण गर्नसक्ने सुसंस्कृत, सक्षम र अनुशासित दक्ष नागरिकको उत्पादन हुने अपेक्षा गरिएको बताए ।

“‘उदार चरितानां तु वसुधैव कुटुम्बकम्’ को पाठ सिकाउने संस्कृत वाङ्मयको अध्ययन, अध्यापन र अनुसन्धान गर्ने गराउने यस विश्वविद्यालयबाट राष्ट्रले धेरै ठूलो अपेक्षा गरिरहेको छ”, उनले भने।

Previous Post

१२ जनाको नामबाट ६३ वटा खाता खोलेर अवैध कारोबार गर्ने फेला

Next Post

गुणस्तर वृद्धि गर्दै महाकाली प्रादेशिक अस्पताल

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
गुणस्तर वृद्धि गर्दै महाकाली प्रादेशिक अस्पताल

गुणस्तर वृद्धि गर्दै महाकाली प्रादेशिक अस्पताल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In