काठमाडौं । लोकसेवा आयोगले लिएको परीक्षामा अर्कैको नामबाट परीक्षा दिने दुई जना पक्राउ परेका छन् ।
लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नम्बर १३८१२/०७६र०७७ ९मधेस० एकीकृत तथा संयुक्त, खरिदार वा सो सरहको बुटवल केन्द्रमा सञ्चालन भएको लिखित परीक्षामा अर्कैको नामबाट परीक्षा दिएका २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
२९ फागुन २०७७ मा भएको प्रथम पत्रको परीक्षा तथा १६ साउन २०७८ मा भएको द्वितीय पत्र र तृतीय पत्रको परीक्षामा मनोज कुमार सुतिहारको नामबाट मनोज कुमार शर्मा र नारायण यादवले परीक्षा दिएको खुलेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्ने शर्मा हाल कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुमा सहलेखापाल पदमा कार्यरत छन् भने यादव जिल्ला हुलाक कार्यालय सप्तरीमा नायव सुब्बा पदमा कार्यरत छन् ।
उनीहरुविरुद्ध लिखितसम्बन्धी कसुर शीर्षकमा मुद्दा दर्ता भइ रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।













