• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन

by
३१ जेष्ठ २०८०,
0
काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे। अमेरिकन दूतावासले यस वर्ष पनि काभ्रेपलाञ्चोकमा ‘बुक बस’ कार्यक्रम सञ्चालन गरेको छ । ‘सतोरी सेन्टर फर द आर्टस्’द्वारा उक्त कार्यक्रम हाल पनौती नगरको छ शैक्षिक संस्थामा क्रमशः सञ्चालन भइरहेको छ ।

शैक्षिक तथा सांस्कृतिक कार्यक्रमका रूपमा मङ्गलबारदेखि सञ्चालित बुक बसमा पाँच विद्यालय र एक पुस्तकालयमा विज्ञान, प्रविधि, संरक्षणबारे कार्यशाला तथा पुस्तक पठनपाठनका कार्यक्रम हुने जनाइएको छ । विद्यार्थीलाई शैक्षिक, सांस्कृतिक तथा ऐतिहासिक नदी र वरिपरिको वातावरणबारे रुचि बढाउन कार्यक्रमको आयोजना गरिएको संयोजक सोनिया तामाङले बताएका छन् । उनका अनुसार जेठ ३० देखि असार ९ गतेसम्म सञ्चालित कार्यक्रमअन्तर्गत पनौती आधारभूत विद्यालय, पुण्य हाइस्कुल, इन्द्रेश्वर मावि, सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, सामुदायिक बोर्डिङ स्कुल तथा ज्ञान विकास सामुदायिक पुस्तकालयमा कार्यक्रम तथा प्रदर्शनी हुनेछ ।

एउटा गाडीलाई नै बुक बस अर्थात् पुस्तकालय बनाइएको छ । झट्ट हेर्दा दमकलजस्तो तर नजिकबाट हेर्दा एकदमै नौलो सवारीसाधनजस्तो देखिने बस पुस्तकालयभित्र विभिन्न पुस्तक सजाएर राखिएका छन् । बुक-बसमा कथा, कविता तथा उपन्यासका नेपाली र अङ्ग्रेजी भाषाका दुई हजारको हाराहारीमा पुस्तक राखिएको छ । बुक(बसमा किताबमात्र छैनन्, बसभित्र ठूलो एलसिडी मोनिटर पनि राखिएको छ । त्यसमा विद्यार्थीलाई अडियो, भिडियो सामग्री, डकुमेन्ट्री पनि देखाउने गरिएको छ ।

विशेषगरी सामाजिक तथा धार्मिक महत्त्व बोकेको पनौतीका दुई नदी पुण्यमाता र रोशी अहिले प्रदूषित र सङ्कुचित स्थितिमा रहेकाले यी नदी र वरिपरिको वातावरणबारे विद्यार्थीमाझ ध्यानाकर्षण र रुचि बढाउन पनौतीका शैक्षिक संस्थामा कार्यक्रम सञ्चालन गरिएको बताइन्छ । कार्यक्रमअन्तर्गत स्टिम कार्यशाला, पुस्तक पठन तथा कथा वाचन, प्रदर्शनीसमेत हुने जनाइएको छ ।

दूतावासले आफ्ना कार्यक्रममार्फत बुक बसले विद्यार्थी तथा समुदायमा पठनपाठनको अभिरुचि वृद्धि गर्ने, सिर्जनात्मक सोचाइ तथा ‘क्रिटीकल थिङ्किङ’ को विकास गर्ने र विद्यार्थीलाई अर्थपूर्ण तथा स्मरणीय शिक्षा प्रदान गर्ने अवसरको सिर्जना गर्ने जनाएको हो । यसका साथै किताब पठन र प्रदर्शनीद्वारा स्थानीय वातावरणप्रति विद्यार्थी र समुदायको ध्यानाकर्षण गरी सामुदायिक संलग्नता प्रोत्साहन गर्ने बुक बसको उद्देश्य रहेको कार्यक्रम संयोजक तामाङले बताए ।

यस्तै बुक बसले विद्यालयमा विद्यार्थीसँग गरेको सबै कार्यशालामा विद्यार्थीले बनाएका सम्पूर्ण सामग्री प्रदर्शनीमा देखाइनेछ । प्रदर्शनी विद्यार्थी, शिक्षक तथा समुदायका सबै सदस्यको लागि खुला रहने जनाइएको छ । ‘बुक बसले अन्तरक्रियात्मक शिक्षालाई प्रोत्साहन गर्दछ । सजिलै उपलब्ध हुने सामग्रीको प्रयोग गरेर र विद्यार्थीलाई आफैँ वातावरण तथा परिवेश अवलोकन गरेर पढ्न र आलोचनात्मक सोच बढाउनतर्फ प्रवर्द्धन गर्दछ । उनीहरूको कल्पनाशक्ति बढाउँछ र पठनपाठन गर्नका लागि खुला वातावरणको सिर्जना गर्दछ’, अर्का कार्यक्रम संयोजक रुबिना प्रधानले भने ।

गत साल भदौमा दूतावासले १७ दिन काभ्रेपलाञ्चोकको बनेपा नगरका पाँच विद्यालयमा ‘बुक बस’ कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रम अवधिभर बुक बसले भने ती विद्यालयमा स्थानीय भाषा, कला, विज्ञान(प्रविधिबारे विविध कार्यशाला तथा किताब पठनपाठन आयोजना गरेको थियो । बनेपास्थित हिमालय माध्यमिक विद्यालय, समता शिक्षा निकेतन, विद्यासागर स्कुल, आजाद मावि र चैतन्य माविमा बुक बस कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यक्रम सञ्चालित विद्यासागर स्कुलका प्रिन्सिपल हीरा शर्मा बुक बस कार्यक्रम विद्यार्थीलाई अतिरिक्त क्रियाकलापका लागि बहुउपयोगी भएको बताउँछन् । ‘मिडिया साक्षरता र जलवायु परिवर्तन कार्यशलामा विद्यार्थीको समाचार तथा सामाजिक सञ्जालमा पाइने जानकारी बुझ्ने र विश्लेषण गर्ने क्षमता विकास गरिएको छ, यो कार्यक्रम विद्यार्थीमा सामाजिकीकरणका लागि निकै उपयोगी मानियो’, उनले भने ।

यस्तै कार्यक्रमअन्तर्गत नाटक समूहद्वारा जलवायु परिवर्तन र वातावरणकाबारे लोकनाटक मञ्चन, ‘सिभिल राइटस् एण्ड लिबरटिज्’ विधामा विद्यार्थीसँग नागरिक अधिकार, स्वतन्त्रता, असमानता, निष्पक्षता र न्यायका अवधारणाबारे छलफल गरिएको थियो ।

Previous Post

बागलुङका केही घरमा अझै पनि टुकीकै भरमा उज्यालो

Next Post

खडेरीपछिको वर्षाले किसानलाई राहत

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
खडेरीपछिको वर्षाले किसानलाई राहत

खडेरीपछिको वर्षाले किसानलाई राहत

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In