एक दिन शेरे भगवानको तपस्या गर्दै रहेछ ।
अचानक भगवान प्रकट भएछन् अनि भनेछन् —
भगवानः तँ के चाहन्छस् माग…
शेरेः एउटा जागीर, ठूलो गाडी र त्यसमा धेरै केटी नै केटी
भगवानः तथास्तु ।
बिचरा शेरे आज एउटा गल्र्स स्कुलमा ड्राइभर छ ।
घण्टी फेरि बज्यो
एकजना मुर्ख डाक्टरकोमा आफ्नो दुबै कान पोलेर देखाउन गएछ ।
डाक्टरले सोधेछ, तपाईंको दायाँ कान कसरी पोल्यो ?
मुर्खले जवाफ दिएछ, म आइरन लगाउँदै थिएँ त्यत्तिकैमा फोनको घण्टी बज्यो, मैले बिर्सेर फोनको सट्टा आइरन लाईनै कानमा राखे ।
डाक्टरः अनि बायाँ कान कसरी पोल्यो त ?
मुर्खः फोनको घण्टी फेरि बज्यो नि त….।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













