मेवा पेटका लागि मेवा वरदान हो किनकि यसमा भिटामिन ए, बी, सी र फाइबर भरपूर हुन्छ । कागतीमा शरीरका लागि आवश्यक तत्वहरु फस्फोरस, पोटासियम, आइरन, एन्टीअक्सिडेन्ट्स, कार्बोहाइड्रेट, प्रोटिन र सोडियम आदि पाइन्छ र कागती खाँदा पेट, आँखा र छालाको समस्या हुँदैन ।
– बिहान खाली पेट मेवा र कागतीको जुस पिउँद चाँडै भोक लाग्दैन । यसमा पेक्टिन फाइबर हुन्छ र यसले आन्द्रालाई राम्रो काम गर्ने अवसर दिन्छ । तौल घटाउन पनि यसले मद्दत गर्छ ।
– मेवालाई काटेर त्यसमा मरिच, बीरेनून र कागतीको रस हालेर खानाले खानेकुरालाई सजिलै पचाउन सहयोग गर्नुको साथै यसले कब्जियत पनि हटाउँछ । पखाला लाग्ने र मूत्र समस्या पनि यसले फाइदा पु¥याउँछ ।
– मेवाले कलेजो बलियो बनाउँछ भने कागतीले विषाक्त पदार्थलाई शरीरबाहिर निकाल्छ । दिनदिनै दुई चम्चा मेवाको रसमा आधा चम्चा कागतीको रस मिसाएर पिउँदा लिभर सिरोसिस हुन पाउँदैन । अनि प्रोस्टेट क्यान्सर र ब्लड क्यान्सर लाग्नबाट पनि यसले जोगाउँछ ।
– मेवा र कागतीमा प्रचुर मात्रामा पाइने फाइबर, भिटामिन सी र एन्टीअक्सिडेन्टले कोलेस्ट्रोलाई नियन्त्रणमा राख्छ र मुटुसम्बन्धी समस्या हटाउँछ । यसले रक्तचाप पनि नियन्त्रणमा राख्छ ।













