रमेशको भेट बागबजारको एउटा चिया पसलमा मदनसँग भयो ।
रमेशः मदन, तिम्री श्रीमतीको कम्मर दुखाइको के भयो ?
मदनः जुन दिन डाक्टरले उसलाई भन्यो कि कम्मर दुख्नु भनेको बुढ्यौलीको संकेत हो, त्यसै दिनदेखि उसको कम्मर दुखाइ त चट्टै भयो नि ।
मरेको छैन
डाक्टरः हैन यो बिरामी त मरेछ कि क्या हो ?
बिरामीः मरेको छैन डाक्टर साब म त ज्यूँदै छु ।
नर्सः चुप लाग, तिमी जान्ने कि डाक्टर जान्ने ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













