१. म नियतिले डो¥याएको बाटोमा हिँड्छु । त्यसैले मलाई शान्ति छ । आफ्नो बाटोमा नियतिलाई डो¥याउन खोज्ने दुस्साहस ममा छैन ।
२. मानव जीवन अनेकौँ विरोधास, विषमतावादी तत्वहरुको पुञ्ज हो ।
३. स्वप्त असत्य भएको पाउनुभन्दा स्वप्न स्वप्नै भएको पाउनु अधिक सहज अनुभव हो ।
४. मनै बिटुलिएको छ भने शरीर नबिटुलिएको कुनै अर्थ छैन ।
५. यदि इन्द्रमायाजस्ती साहसी नारी हाम्रो समाजमा कतै छन् भने तिनका प्रति मेरो आदर छ ।
६. जीवनमा नारी कहिल्यै पनि नसिद्धिने आकर्षक तत्व हो ।
७. मानिसको जीवनमा पत्नीको स्थान प्रेमिको लिन नसक्ने रहिछ । त्यसैले पुरुषलाई चारैतिरबाट समस्या र आपत्तिले घेर्छन् तब उसलाई आफ्नो घर र पत्नीको स्मरण हुन्छ ।
८. मानिस ठूलो हुन पट्टि नलाग असल हुन पट्टि लाग ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













