• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछः प्रधानमन्त्री

by
२८ जेष्ठ २०८०,
0
विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछः प्रधानमन्त्री
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

आइतबार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त (दोस्रो चरण) समारोहमा बोल्दै प्रधानमन्त्रीले विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने बताएका हुन् ।

‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ। खासगरी विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ। स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने हुन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

उनले अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन र स्रोतको सही सदुपयोग नहुने बताए । सरकारले पनि विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सवल बनाउन सरकारका अनुसन्धान सम्बन्धी कार्यहरू विश्वविद्यालयहरूबाट गराउने निर्णय गरिसकेको हुनाले प्राध्यापकहरूमा राज्यका लागि योगदान गर्ने प्रत्यक्ष अवसर मिल्ने आशा लिएको उनको भनाइ छ ।

सम्बोधनको पूर्णपाठ

काठमाडौँ विश्वविद्यालयले आफ्नो स्थापनाको विगत ३२ वर्षमा विभिन्न संकायमा ४१ हजारभन्दा बढी उच्च सीप, दक्षता र मानवीय गुणसम्पन्न जनशक्ति उत्पादन गरी मुलुकको विकासमा पुर्‍याएको योगदानको म उच्च कदर गर्न चाहन्छु । गुणस्तरीय शिक्षाका लागि मुलुकको अग्रणी र दक्षिण एसियाकै एक प्रतिष्ठित विश्वविद्यालयका रूपमा आफूलाई स्थापित गर्न सकेकोमा म यस विश्वविद्यालयका स्थापनाकालदेखि वर्तमान नेतृत्वसम्म सबैमा बधाइ ज्ञापन गर्दछु ।

गुणस्तरीय, प्राविधिक र अत्याधुनिक उच्चशिक्षा युगको विश्वव्यापी आवश्यकता हो । यसकै लागि वर्षेनी हजारौं विद्यार्थीहरू नेपालबाट विदेसिनुको कारण सिर्जनशील मस्तिष्क, युवा ऊर्जा र अर्बौ रुपैयाँ मुलुकबाट बाहिरिइरहेको सन्दर्भमा मुलुकभित्रै उच्चशिक्षाको गुणस्तर एवम् शिक्षापछिको सम्मानयुक्त जीवनयापन गर्न सम्भव रोजगारी सिर्जना हामी सबैका लागि अहिलेको सबैभन्दा टड्कारो आवश्यकता र चुनौतीसमेत हो ।

यस विश्वविद्यालयले अन्तर्राष्ट्रिय गुणस्तरकै शिक्षा प्रदान गरी यसरी विदेश पलायन हुने युवा र विदेशी मुद्रालाई केही हदसम्म भए पनि रोक्न प्रशंसनीय योगदान गरेको छ भन्ने म ठान्दछु। अहिले यस विश्वविद्यालयले आफ्ना क्षमतावान् अब्बल स्नातकहरूलाई प्रारम्भिक रोजगारीसमेत दिने जुन प्रस्तावना गरेको छ यसलाई नेपाल सरकारले अत्यन्त सकारात्मक कदमका रूपमा लिएको छ। यसको विस्तार र दीगोपनका लागि यथासम्भव सघाउने पनि छ।

विगतदेखि नै वस्तु व्यापार घाटामा भएको तीव्र वृद्धिले मुलुकलाई आक्रान्त बनाएकै थियो। पछिल्लोसमय सेवा व्यापारघाटा पनि उत्तिकै गतिमा बढ्दै जानु थप चिन्ताको विषय भएको छ। नेपाललाई इन्जिनियरिङ, चिकित्साशास्त्र, सूचना एवम् डिजिटल प्रविधि, वातावरण विज्ञान आदि विषयमा उच्च शिक्षाको ‘हब’ बनाउने सम्भावनातर्फ नेपाल सरकारको विशेष ध्यान गएको छ। अहिले मस्यौदा भइरहेको सरकारको वाणिज्य नीतिले पनि शिक्षा सेवालाई निर्यातयोग्य सम्भावनाको क्षेत्रका रूपमा पहिचान गरेको छ। यो सम्भावनालाई वास्तविकतामा बदल्नका लागि नेपाल सरकार आवश्यक कानुनी, प्रक्रियागत र संरचनागत व्यवस्था गर्न तत्पर छ। यस कार्यमा विज्ञहरूको सुझाव महत्वपूर्ण हुनेछ।

काठमाडौँ विश्वविद्यालयबाट उत्पादित शैक्षिक जनशक्तिमध्ये १३ प्रतिशतभन्दा बढी दीक्षितहरू ५५ भन्दा बढी मुलुकका विदेशी नागरिकहरू भएको जानकारी पाउँदा नेपाललाई दक्षिण एसिया क्षेत्रकै आकर्षक शैक्षिक हब बनाउने सम्भावना केवल स्वैरकल्पना मात्र नभएर वास्तविकतामा रूपान्तरण गर्न सकिने वस्तुगत यथार्थ हो भन्ने तथ्य स्थापित गरेको छ।

हाम्रो परम्परागत वैभव, सीप, संस्कृति र मान्यतालाई समाहित गरेर यस विश्वविद्यालयले डिजाइन गरेकाका योगिक साइन्स एन्ड वेलबिङ्, क्राफ्ट्स एन्ड डिजाइन, इन्डोजेनस नलेज, बुद्धिस्ट स्टडीजस्ता उच्चशिक्षाका कार्यक्रमहरूले नेपाली मूल्य र पहिचानलाई संरक्षण गर्नुका साथै हाम्रा मौलिक ज्ञान र सीपलाई जीवनयापन एवम् जीविकोपार्जनसँग जोड्न अवश्य नै सघाउने छ। साथै, यी विषय अध्ययन गर्न चाहने विदेशीहरूलाई पनि अध्ययन र खोजका लागि नेपाल आउन प्रेरित गर्नेछ।

यस विश्वविद्यालयले अनुसन्धान गरिरहेको भविष्यको इन्धनका रूपमा पहिचान गरिएको ग्रीन हाइड्रोजनको उत्पादन, आर्टिफिसिअल इन्टेलिजेन्स, आधुनिक प्रविधिमा आधारित कृषि विज्ञान, हिमालय क्षेत्रको पर्यावरणको अध्ययनमा समर्पित ग्लेसियोलोजी, चिकित्सा र प्रविधिलाई समायोजन गर्ने हेल्थ–इन्फम्र्याटिक्स लगायतका विषयहरूको अध्ययन–अध्यापन, खोज–अनुसन्धान एवम् प्रकाशन–प्रचारले मुलुकको आर्थिक विकास, सामाजिक पुँजी निर्माण र आमनागरिकको जीवनस्तर उकास्न प्रत्यक्ष योगदान दिनेछ। धरोहर र भविष्यमुखी ज्ञान समिश्रणको यो अभ्यास वास्तवमा नै युगसापेक्ष र महत्वपूर्ण छ।

आज दीक्षित हुनुहुने १२०० भन्दा बढी स्नातकहरूलाई म हार्दिक बधाइ दिन चाहन्छु। यस विश्वविद्यालयबाट प्राप्त प्राविधिक सीप, मानवीय मूल्य मान्यता र राष्ट्र, समाज र परिवारप्रतिको माया एवम् लगावलाई यहाँहरू सबैले आफ्नो पेसागत र व्यवसायिक जीवनमा प्रतिविम्बित गराउनुहुने विश्वास पनि मैले लिएको छु। देशको भोलिको आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक एवं व्यवसायिक नेतृत्व यहाँहरूकै सामथ्र्यवान काँधमा रहेको छ। यही आत्म–अनुभूतिका साथ आफ्नो कार्यक्षेत्रको कर्मठ जीवन आरम्भ गर्ने सङ्घारमा रहनुभएका यहाँहरू सबैलाई सफल एवं उपलब्धिपूर्ण जीवनको शुभकामना व्यक्त गर्दछु।

आफ्ना छोराछोरीलाई आफ्नै खुट्टामा उभिन सक्षम बनाउन अविरल परिश्रम, उदात्त योगदान र अनगिन्ती त्याग गर्नुहुने अभिभावकहरूको भूमिकाप्रति पनि म हृदयदेखि नै उच्च सम्मान व्यक्त गर्दछु। उहाँहरूको यो अमूल्य योगदानको सन्ततिहरूले अझ बढी कदर र स्मरण गर्नेछन् भन्ने पनि मलाई दृढ विश्वास छ।

हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ। खासगरी विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ। स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने हुन्छ। अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन र स्रोतको सही सदुपयोग हुँदैन। नेपाल सरकारले पनि विश्वविद्यालय तहको अध्ययन र अनुसन्धानलाई सवल बनाउन सरकारका अनुसन्धान सम्बन्धी कार्यहरू विश्वविद्यालयहरूबाट गराउने निर्णय गरिसकेको हुनाले प्राध्यापकहरूमा राज्यका लागि योगदान गर्ने प्रत्यक्ष अवसर मिल्ने आशा लिएको छु।

मुलुकका लागि दक्ष जनशक्ति उत्पादन गर्ने केन्द्रका रूपमा चिनिने विश्वविद्यालयहरू आफैमा एक नमुना संस्थाको रूपमा सञ्चालन हुनुपर्दछ। केही वर्षयता नेपालमा विश्वविद्यालय स्थापनाको होडबाजी चलेको छ। प्रदेश र केन्द्रीय सरकारबाट नयाँ विश्वविद्यालय खोल्नुअगावै स्थापना हुन लागेको विश्वविद्यालयका लागि साधनस्रोतको सुनिश्चित गर्नु आवश्यक छ। एउटै विषय पढाउन र उपाधि प्रदान गर्न धेरै विश्वविद्यालयहरू आवश्यक हुँदैन। आवश्यक पूर्वतयारी नगरी विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरू स्थापना गर्दा उच्च शिक्षामा नयाँ–नयाँ समस्या थपिएका छन्, गुणस्तर र विश्वसनियताको सवाल गम्भीर प्रश्नका रूपमा खडा भएको छ।

गुणस्तरीय शिक्षाका लागि विश्वविद्यालयहरू चुस्त र गतिशील रहनु आवश्यक छ। हालै प्रकाशित नेपालको जनगणनाअनुसार जनसंख्याको बनोटमा विद्यालय र विश्वविद्यालय तहमा अध्ययन गर्ने उमेर समूहको जनसंख्यामा संकुचन आएको देखिन्छ। त्यसैगरि अवसरको खोजीमा मानिसहरू हिमाली र पहाडी गाउँहरूबाट बसाइसराइ गर्ने प्रवृत्ति बढेको छ। यसको प्रत्यक्ष र परोक्ष प्रभाव पहाड र तराईका सामुदायिक क्याम्पसहरूमा पर्नाले विद्यार्थी संख्या विगत केही वर्षदेखि क्रमिक रूपमा घट्न थालेको छ। यस स्थितिमा नजिकमा रहेका सामुदायिक क्याम्पसहरूको प्रभावकारी सञ्चालनका लागि एकापसमा गाभेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ। यसका लागि सम्बन्धित विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोगले पहल लिन आवश्यक छ।

विश्वविद्यालयका शैक्षिक क्यालेण्डर प्रभावकारी रूपमा लागू हुन नसक्दा विद्यार्थी भर्ना, कक्षा सञ्चालन, परीक्षा र नतिजा प्रकाशन सम्बन्धित कार्य निर्धारित समयमा नभई विद्यार्थीको भविष्यमा धक्का लागेको छ, अभिभावकमा आफ्नो सन्ततिको भविष्यप्रति चिन्ताबोध हुने गरेको छ। विश्वविद्यालयमा निश्चित संख्यामा विद्यार्थी भर्ना भएपश्चात् परीक्षा कहिले हुने र परीक्षाफल कहिले प्रकाशन गर्ने भन्ने तालिका निश्चित हुनुपर्दछ।

सरकारले उच्च शिक्षा र विश्वविद्यालयका लागि ठोस समयतालिकासहितको क्यालेण्डर बनाउने र त्यसलाई कडाइका साथ लागू गर्ने कार्यको गृहकार्य थालिसकेको छ। मलाई विश्वास छ– उच्च शिक्षा सम्बन्धी राष्ट्रिय क्यालेण्डर तयार भएपश्चात् उक्त क्यालेण्डरको सेरोफेरोमा विश्वविद्यालयहरूले आ–आफ्नो क्यालेण्डर बनाई यथाशीघ्र कार्यान्वयनमा ल्याउनेछन्।

आजको युग अनुसन्धान र नवप्रवर्तनको युग हो, विश्वविद्यालयहरू त्यसका जीवन्त प्रयोगशालाहरू हुन्। यी प्रयोगशालाहरूमा विज्ञान, प्रविधि, दीगो विकास, जलवायु परिवर्तन लगायतका विश्वका उदीयमान एवम् नवीनतम् विषयहरूसँग सम्बन्धित नीति निर्माण र अनुसन्धान आवश्यक हुन्छ। यसका लागि यहाँहरूको सक्रिय र रचनात्मक भूमिकाको अपेक्षा गर्दछु।

अन्त्यमा, दीक्षान्तको यो सुखद घडीमा म सम्पूर्ण विद्यार्थी भाइबहिनीको उज्जवल भविष्यको कामना गर्दछु। दीक्षित विद्यार्थीका परिवार र आफन्तहरूमा हार्दिक बधाइ व्यक्त गर्दछु। र, काठमाडौँ विश्वविद्यालयको थप उज्वल भविष्यको कामना गर्दछु, धन्यवाद।

Previous Post

फिदिम र हिलिहाङमा काष्ठफल तथा फलफूल विकास कार्यक्रम

Next Post

दाइजोको विषयलाई लिएर दुई महिलाको हत्या

सम्बन्धित खबर

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य फेरि बढ्यो

१५ चैत्र २०८२,
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
जीवन शैली

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत्र २०८२,
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
Load More
Next Post
धान थ्रेसरमा परेर एक महिलाको मृत्यु

दाइजोको विषयलाई लिएर दुई महिलाको हत्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In