• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    अवरुद्ध बीपी राजमार्ग खुल्यो

    होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो

    होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली

by
२८ जेष्ठ २०८०,
0
यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ। राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ। यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन्। आर्थिक अवस्थामा सुधार आएको छ। बालबालिका नियमित विद्यालय जान्छन्।

यो अवस्था सिर्जना गरेका हुन् सामाजिक कार्यमा क्रियाशील चितवनको सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्ट र इच्छाकामना गाउँपालिकाले। सपना भिलेजले गाउँपालिकासँगको सहकार्यमा ‘सबै यात्राको सुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना सञ्चालन गरेपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन आएको हो।

सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीका अनुसार परियोजनाले घर, विद्यालय, स्वास्थ्यकर्मी, कृषक र आमा समूहबीच प्रतिस्पर्धा गराएर छ–छ महिनामा पुरस्कार वितरण गर्दै आएको छ। आफ्नै घर सफा गर्दा, आफ्नैका लागि आयआर्जनका काम गर्दा पुरस्कृत हुने भएपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन गर्न सकिएको अध्यक्ष गिरिको भनाइ छ।

“उनीहरू आफ्नै लागि काम गर्ने हो, यसको घर सधैँ सफा हुन्छ, शौचालय छ आयआर्जनका लागि पशुपालन गर्छन्, तरकारी खेती गर्छन् बालबालिका नियमित विद्यालय पठाउँछन्, उनीहरुलाई पुरस्कृत गछौँ, आफैँका लागि काम गर्दा पुरस्कृत हुँदा उनीहरूको जीवनशैलीमा परिवर्तन ल्याउन सकिए हो”, उनले भने।”

वडा नं १ राजभोगका लक्ष्मी चेपाङले उक्त परियोजनाबाट आफ्नो परिवार र समुदायको जीवनशैलीमा परिवर्तन आएको बताए। “परियोजना लागू भएसँगै यहाँका समुदायमा आर्थिक उपार्जन गर्ने भएका छन्, यहाँका घर सफा छन्, नानीबाबु नियमित विद्यालय जान्छन्”, उनले भने।

प्रतिस्पर्धामा सर्वोत्कृष्ट हुनुभएकी वडा नं १ कै थाप्राङकी सानु कान्छी चेपाङले पनि विगतका वर्षमा भन्दा यहाँका आफ्नो समुदायको जीवनशैली फरिएको बताइँन् । खेती किसान पशुपालनमा रुचि नराख्नेहरु आजभोलि व्यावसायिकरूपमा तरकारी खेती गर्ने पशुपालन गर्ने सरसफाइमा ध्यान दिने गरेको उनले सुनाएकी छन् ।

हातिवाङ माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबहादुर मगरले पनि यो परियोजना लागू भएसँगै विद्यार्थी नियमित विद्यालय आउने गरेको बताए। उनले भने, “यस परियोजनाले विद्यालयलाई सहयोग गरेको छ, विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गर्दै आएको छ, त्यतिमात्र होइन, घर–घरमा–समुदायमा जनचेतना फैलाउने काम गरेका छन्, परियोजना सञ्चालनपछि विद्यालयमा बालबालिका नियमित आउने गरेका छन्।”

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले परियोजनाबाट बाटो देखाउने काम भएको र आफ्नो जीवनशैली परिवर्तन, जीविकोपार्जन, आर्थिक वृद्धिका लागि निरन्तर सक्रिय हुनुपर्नेमा जोड दिए।

उनले भने, “हामीले चेपाङ समुदायको जीवनशैली परिवर्तनका लागि बाटो देखाएका हौँ, सधैँ यो परियोजना हुँदैन फेरिएको सकरात्कम जीवनशैलीलाई आफैँले निरन्तता दिनुपर्छ।” आवश्यकताका आधारमा यस्ता अभियानलाई निरन्तरता दिइने बताए।

गाउँपालिका पूर्वअध्यक्ष गीताकुमारी गुरुङले चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन ल्याउनका लागि यो परियोजना यहाँ सञ्चालन गर्न आवश्यक देखिएकाले आफूले तीन वर्षअघि सपना भिलेज सोसल इम्प्याक्टसँग गाउँपालिकाले सहकार्य गरी सुरु गरेको बताइँन्।

इन्प्याक्टका अध्यक्ष गिरीले आगामी दिनमा पनि गाउँपालिकासँग सहकार्य गर्न तयार रहेको बताइँन्। साथै उहाँले गाउँपालिकासँगको सहकार्यमा भाराङ राष्ट्रिय आधारभूत विद्यालयको भवन बनाउने र वडा नं १ कै भराङस्थित स्वास्थ्य एकाइका लागि इम्प्याक्टले औषधि उपलब्ध गराइरहेको पनि बताइँन्।

शनिबार पनि परियोजनाअन्तर्गत आयोजित अन्तर घर प्रतियोगिता, आमा समूह, उत्कृष्ट किसान र स्वंयसेविकालाई पुरस्कार प्रदान गरेका थिए। एकसठ्ठी र दुई आमा समूहलाई पुरस्कार वितरण गरिएको इम्प्याक्टका व्यवस्थापक सुजन बस्नेतले जानकारी दिए। एघार कलस्टरबाट पाँच–पाँच गरी ५५ पुरस्कृत भएका थिए।

सानुकान्छी चेपाङ, सन्तमाया चेपाङ र कालिमाया चेपाङ सर्वोत्कृष्ट भइँन्। फलफूल खेतीतर्फ थाप्राङका विष्णुबहादुर चेपाङ र बाख्रापालनतर्फ खैरेसका विष्णुमाया चेपाङ सर्वोत्कृष्ट भइँन्। स्वयंसेविकातर्फ भने शान्ता गुरुङ सर्वोत्कृष्ट हुनुभयो। आमा समूहतर्फ कोलभञ्ज्या र चौकीडाँडा आमा समूह सर्वोत्कृष्ट भएको म्यानेजर बस्नेतले बताउनुभयो। विजेतालाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिएको हो।

चेपाङ समुदायको सरसफाइ, घरको अवस्था, करेसाबारी, शौचालयको अवस्था, विद्यार्थीको पढाइलगायतका क्षेत्र कमजोर रहेको पाइएपछि परियोजना सञ्चालन आएको जनाइएको छ। इम्प्याक्टले विसं २०७७ देखि वडा नं १ का राजभोग, थाप्राङ, खैरेस बाङगेङ, कोलभञ्ज्याङ, चौकीडाँडा, कालीनगायतका छ सय १५ घरधुरीमा परियोजना सञ्चालन गरेका छन्। यसअघि चितवनको कालिकामा पनि इम्प्याक्टले नगरपालिकासँगको सहकार्यमा उक्त परियोजना सञ्चालन गरेको थियो।

Previous Post

दाइजोको विषयलाई लिएर दुई महिलाको हत्या

Next Post

पाकिस्तानी प्रहरी चौकीमा स्थानीयद्वारा आक्रमण

सम्बन्धित खबर

पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा
समाचार

बिदाको दिन सरकारी कारमा हुइँकिए हाकिम सा’प, डिभाइडरमा ठोकेपछि नियन्त्रणमा

१५ चैत्र २०८२,
ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै
फिचर-ब्यानर

ओली रिहाईको माग गर्दै एमालेले आज देशव्यापी आन्दोलन गर्दै

१५ चैत्र २०८२,
अवरुद्ध बीपी राजमार्ग खुल्यो
समाचार

अवरुद्ध बीपी राजमार्ग खुल्यो

१५ चैत्र २०८२,
होर्मुज संकट चर्किँदै: अमेरिका–इरान आमनेसामने, क्षेत्रीय युद्धको जोखिम बढ्दो
अन्तर्राष्ट्रिय

होर्मुज क्षेत्रमा मानवीय सहायता सुनिश्चित गर्न संयुक्त राष्ट्र सक्रिय

१५ चैत्र २०८२,
पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ
समाचार

पूर्वमन्त्री दीपक खड्का बुढानीलकण्ठबाट पक्राउ

१५ चैत्र २०८२,
Load More
Next Post
पाकिस्तानी प्रहरी चौकीमा स्थानीयद्वारा आक्रमण

पाकिस्तानी प्रहरी चौकीमा स्थानीयद्वारा आक्रमण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In