युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले आफ्नो देशमा ड्रोन र क्षेप्यास्त्र आक्रमण सुरु गरेर युक्रेनीहरूलाई तोड्न नसक्ने बताएका छन् । आक्रमणलगत्तै सोमबार उनले सो कुरा बताएका हुन् ।
रातभरि र बिहानै शत्रुले गरेको आक्रमणले युक्रेनी नागरिकलाई आतङ्कित गरेको छ ।
रुसका ड्रोन र क्षेप्यास्त्रहरूले युक्रेनमा आक्रमण गरिरहेका छन् । ‘दुस्मनले हाम्रा शहरहरुमा आक्रमण गर्न सक्छ तर हामीलाई तोड्न सक्नेछैन्’ उनले बताएका छन् ।
राजधानीका मेयरले दुईजना भग्नावशेष मुनि फसेका र किभको एउटा आवासीय भवनमा क्षति पुगेको पुष्टि गरेका छन् ।













