हामीहरू कागतीको रस निचोरी बोक्रालाई त्यत्तिकै फ्याँक्छौं तर बोक्रा पनि बहुगुणी हुन्छ । यसमा भएको पेक्टिन नामक तत्वले शरीरमा जमेको अतिरिक्त बोसोलाई घटाउँछ । यसका अन्य फाइदा यसप्रकार छन् :
– कागतिको बोक्रामा भएको फ्लेभोनाइडले तनावबाट छुटकारा पाउनका लागि सहायता गर्छ ।
– एउटा कागतीको बोक्रामा दशवटा कागतीको रसभन्दा पनि बढी भिटामिन र क्याल्सियम पाइन्छ । यसले दाँतसम्बन्धी समस्या हटाउँछ ।
– पोटासियमले भरिएको कागतीको बोक्राले रक्तचापलाई नियन्त्रणमा राख्छ । यसले हृदयघात र मधुमेह जस्ता रोगबाट पनि बचाउनुको साथै क्यान्सरजस्तो गम्भीर रोगबाट लड्न पनि मद्दत गर्छ ।
– कागतीको बोक्रामा भएको एन्टीअक्सिडेन्टले छालासम्बन्धी समस्या हटाउनुको साथै छालामा निखारपन ल्याउँछ ।













