काठमाडौँ । अमेरिकाको न्यूयोर्क शहर प्रवासीहरुका लागि विश्वकै सबैभन्दा महँगो शहर बनेको छ । एक नयाँ अध्ययन अनुसार, न्यूयोर्क २०२३ को लागि संसारको सबैभन्दा महँगो शहर बनेको हो । यसले हङकङलाई पछाडि पारेको छ । जेनेभा र लन्डन यस सूचीमा तेस्रो र चौथो स्थानमा छन्। योसँगै सिंगापुर शीर्ष पाँचको अन्तिम स्थानमा पुगेको छ ।
ईसीए इन्टरनेशनलले गरेको अध्ययनमा विश्वका महंगा शहरको सूची सार्बजनिक गरिएको छ । इसीए इन्टरनेशनलले बढ्दो मुद्रास्फीति र बढ्दो आवास लागतलाई न्यूयोर्क आफ्नो जीवनयापनको मूल्याङ्कनमा शीर्ष स्थानमा रहेको कारण बताएको छ । गत वर्ष जारी गरिएको वरियतामा सिंगापुर १३औं स्थानमा थियो । जहाँबाट उनी यसपटक शीर्ष पाँचमा पुगेको छ ।
र्याङ्किङका सम्बन्धमा ईसीए इन्टरनेशनलका एसियाका क्षेत्रीय निर्देशक ली क्वानले दक्षिणपूर्वी एसियाली वित्तीय केन्द्रको वृद्धि मुख्यतया घरको लागतमा भएको ठूलो वृद्धिका कारण भएको बताए ।
रिपोर्टका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनको आर्थिक नीतिका कारण जीवनयापनको मूल्यमा ८० प्रतिशत बृद्धि भएकोले सबैभन्दा बढी प्रभाव यस वर्ष इस्तानबुलमा देखिएको छ । जुन गत वर्षको वरियताको तुलनामा ९५ स्थान माथि उक्लिएर १०८औं स्थानमा पुगेको छ ।
इसिए इन्टरनेशनलको सर्वेक्षणले दुबईको भाडा रुसी प्रवासीहरूको आगमनले झन्डै एक तिहाइले बढेको छ, जसले शहरलाई १२औं स्थानमा उकालेको छ । साथै अधिकांश युरोपेली शहरहरूको रैंकिंग बढेको छ । कमजोर मुद्राका कारण नर्वे र स्वीडेनका सहरहरू वरीयतामा तल झरेका छन् । साथै कमजोर मुद्राको प्रभाव र अन्य देशको तुलनामा कम मुद्रास्फीति दरका कारण चिनियाँ सहरहरू क्रमशः तल झरेका छन् । साथै, बलियो डलर र उच्च मुद्रास्फीतिका कारण सबै अमेरिकी शहरहरूको र्याङ्किङ बढेको छ ।
ईसीए इन्टरनेशनलले विश्वभरका १२० देश र क्षेत्रका २०७ सहरहरूको वरीयता सार्वजनिक गरेको छ । यसका लागि उसले उपभोक्ता सामान र सेवाहरूको लागतको विश्लेषण गर्दछ ।
प्रवासीहरूका लागि संसारका शीर्ष २० महंगा शहरहरुस्
१. न्यूयोर्क, अमेरिका
२. हङकङ, चीन
३. जेनेभा, स्विजरल्याण्ड
४. लन्डन, बेलायत
५. सिंगापुर
६. जुरिच, स्विजरल्याण्ड
७. सान फ्रान्सिस्को, अमेरिका
८. तेल अवीव, इजरायल
९. सियोल, दक्षिण कोरिया
१०. टोकियो, जापान
११. बर्न, स्विजरल्याण्ड
१२. दुबई, संयुक्त अरब इमिरेट्स
१३. सांघाई, चीन
१४. गुआन्झाउ, चीन
१५. लस एन्जलस, अमेरिका
१६. शेन्जेन, चीन
१७. बेइजिङ, चीन
१८. कोपेनहेगन, डेनमार्क
१९. अबु धाबी, संयुक्त अरब इमिरेट्स
२०. शिकागो, अमेरिका













