रामः हैन ए श्याम, तिम्री छोरीको ट्युशन फिस कति तिर्छाै हँ ?
श्यामः म त एक पैसा पनि तिर्दिनँ, खै पैसा नै माग्दैनन् ।
रामः त्यसो भए, तिम्रा छोरीहरु धेरै राम्री होलान् नि त ।
रक्सी खुवाउनुपर्छ
एउटा मानिस सडकमा बेहोस भयो । मानिसहरु भेला भए र छारे रोग लागेको होला जुत्ता सुँघाऔँ एउटाले भन्यो र अरुले के के…..। यत्तिकैमा एउटी अधबैंसे महिला आइन र भनिन्— यसलाई त रक्सी खुवाउनुपर्छ ।
यसको मुखमा पानी छ्याप अर्काले भन्यो । फेरि ती अधबैंसे महिलाले भनिन्— हैन हैन रक्सी नै खुवाउनुपर्छ ।
डाक्टर बोलाउ न तेस्रोले भन्यो । अधबैंसे महिला पुनः बोलिन् तर ती महिलाको कुरा नसुनी अन्य मानिसहरु, पानी, डाक्टर, एम्बुलेन्स भन्न थाले त्यत्तिकैमा बेहोस् व्यक्ति जुरुक्क उठ्यो र भन्यो तपाईंहरु धेरै बोल्ने प्रयास नगर्नुहोस् । बिचरी आमाको कुरा सुन्नुहोस् र त्यसै गर्नुहोस् ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













