आजकलको व्यस्त जीवनशैलीका कारण मानिसहरू चिन्ताले घेरिएका हुन्छन् । आफूसँग भएको सिमित स्रोत साधनले देखेजति सबैकुरा उपभोग गर्न पर्याप्त नहुनसक्छ । त्यसले व्यक्तिलाई तनाव दिने गर्छ । यसबाट बच्न योग, ध्यान र सकारात्मक सोचका साथै दैनिक आहारमा केही परिवर्तन ल्याएमा यसबाट बच्न सकिन्छ ।
तनाव भगाउने केही खानेकुराहरूः
– काजु भिटामिन, मिनरल, आइरन, पोटेसियम र एन्टी–अक्सिडेन्टको राम्रो स्रोत हो । यसले चिन्ता र डिप्रेसनका लक्षण घटाउन सहायता गर्छ ।
– दहीमा भएको असल ब्याक्टेरियाले शरीरमा कोर्टिसोलको स्तर सन्तुलनमा राख्न सहायता गर्छ । यस्तो अवस्थामा तनाव घटेर मन शान्त हुन्छ ।
– ओटमीलमा पाइने पोषक तत्व तथा एन्टीअक्सिडेन्ट गुणले दिमागमा सेरोटोनिन रिलीज हुन्छ । सेरोटोनिनले मूड राम्रो राख्छ । यस्तोमा चिन्ता र तनाव घट्न सहायता पुग्छ ।
– डार्क चकलेटमा भएको पोलिफेनोलले मूड राम्रो भएर स्ट्रेस घट्छ । कोर्टिसोलको स्तर पनि घटाउँछ ।
– ग्रीन टीमा भएको थिएनिन नामक एमिनो एसिडले दिमागका कोशिकाहरूलाई राम्रोसँग काम गराउन सघाउँछ । यसलाई ब्रेन बूस्टर फूड भनिन्छ ।













