काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एअरका एक पाइलट फोटो र भिडियो खिचेको आरोपमा कारबाही गरेको छ । प्राधिकरणले उडिरहेको जहाजमा पाइलटले फोटो भिडिओ खिचि हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले उनलाई कारबाही गरिएको स्रोतले बताएको छ ।
प्राधिकरणका प्रवक्रा जगन्नाथ निरौलाका अनुसार जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै एक्टिभ ड्युटीबाट हटाइएको हो । विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको छ । पाइलटको नाम भने खुलाउन नमिल्ने उनको भनाइ छ ।













