१. ओजन तह पातलिँदै गएको तथ्य सर्वप्रथम प्रकाशमा ल्याउने वैज्ञानिक को हुन् ?
– सेरउड रोल्याण्ड
२. गोबरबाट सबैभन्दा बढी कुन ग्यास उत्सर्जन हुन्छ ?
– मिथेन
३. हरितगृह प्रभाव (न्चभभल ज्यगकभ भाभअत) को अवधारणा ल्याउने वैज्ञानिक को हुन् ?
– जोसेफ फरियर
४. चुर क्षेत्रले नेपालको कुन भूभागको कति प्रतिशत क्षेत्रफल ओगटेको छ ?
– १२.७८
५. विश्व वातावरण दिवस, २०२१ को नारा के हो ?
– नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनस्र्थापना
६. मुकेश कुमार चालिसेले कुन जीवको बारेमा गहन अध्ययन गरेका थिए ?
— बाँदर
७. यु.एन. पार्क कुन नदीको किनारमा छ ?
— बागमती
८. राष्ट्रिय जनगणना २०६८ अनुसार कति प्रतिशत मानिसले बौद्ध धर्म अपनाएका छन् ?
– ९
९. पृथ्वी दिवस कहिले मनाइन्छ ?
– अप्रिल २२
१०. नेपालको संविधानको कुन धारामा वातावरणसम्बन्धी नीतिको व्यवस्था गरिएको छ ?
– धारा ५१ (छ)
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













