यदि आफ्नो पेट र कम्मर सानो बनाउने चाहना छ भने शारीरिक अभ्यास मात्र होइन, आफ्नो खानपानमा विशेष ध्यान दिन जरुरी छ । सुगर र कार्बोहाइड्रेटको मात्रा धेरै भएको खानाले शरीरलाई मोटो बनाउन सक्ने हुँदा त्यस्ता खाना तुरुन्त बन्द गर्नुपर्छ । शारीरिक अभ्यासका साथसाथै खानपानमा उल्लेखित चिजहरू रोक्ने हो भने शरीर सुन्दर हुन सक्छ —
– आलुमा कार्बाेहाइड्रड र चिनीको मात्रा धेरै हुनेहुँदा सकेसम्म कम खाने र स्न्याक फूड पूर्ण रुपमा खान छोड्नुपर्छ ।
– मिठाई तथा फास्टफूड मोटोपनका साथी हुन् । यसमा उच्च मात्रामा क्यालोरी हुन्छ, जसले गर्दा मोटोपन बढ्ने हुँदा यस्ता खाना कम गदै लैजानुपर्छ ।
– दुग्ध उत्पादनहरूमा कार्बोहाइड्रेटको मात्रा निकै हुने र यसले तौल बढाउने हुँदा यसको सट्टा क्याल्सियम साग सब्जीबाट लिएर दूध पिउन छोड्नुपर्छ ।
– फलफूलको जुसमा पनि उच्च मात्रामा सुगर हुने हुँदा धेरै जुस पिउँदा शरीरको मोटोपन बढ्न सक्छ त्यसैले जुस पिउन कम गर्नुपर्छ ।
– रक्सीमा पोषक तत्व हुँदैन तर क्यालोरी भने हुन्छ । तौल बढाउनमा रक्सीको भूमिका खासै नभए पनि अन्य कारणका लागि हानिकारक हुन्छ त्यसैले रक्सीको सेवन पनि गर्नु हुँदैन ।













