• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

    किसान चैतेधान रोप्नमा व्यस्त

    सारङ्गीको धुनमा गुजारा

    सारङ्गीको धुनमा गुजारा

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

    इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए

    इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

by
२२ जेष्ठ २०८०,
0
पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी । दक्षिण एशियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै देश विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिम बढेको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकाय खाद्य तथा कृषि सङ्गठन (एफएओ) र विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले पाकिस्तान र अफगानिस्तानमा बढिरहेको खाद्य असुरक्षालाई दृष्टिगत गरी त्यो आगामी महिनाहरूमा अझ चर्किने सम्भावना रहेको जनाउँदै दुवै राष्ट्रलाई अभावको केन्द्र ९हटस्पट० बन्नसक्ने प्रारम्भिक चेतावनी दिइएको खामा प्रेसले जनाएको छ ।

खाद्य सुरक्षासम्बन्धी एफएओ र डब्ल्युएफपीले संयुक्त रूपमा प्रकाशन गरेको पछिल्लो प्रतिवेदनमा पाकिस्तान र अफगानिस्तानका बारेमा चेतावनी दिइएको छ ।

ती देशमा खाद्यान्नको सञ्चित घट्दै गएको, दुई दशक लामो द्वन्द्वले अस्तव्यस्त भएको अफगानिस्तानको राजनीतिक प्रणाली, तालिवान सत्तामा आएपछिको अवस्था, विषम भूगोल एवम् जलवायु, अघिल्लो वर्षको बाढीबाट पाकिस्तानको कृषि क्षेत्रमा भएको व्यापक क्षति, जारी राजनीतिक एवम् आर्थिक सङ्कटले खाद्य असुरक्षा बढाएको स्वतन्त्र पत्रकार नोमान हुसेनले खामा प्रेसलाई बताएका छन् ।

डब्ल्युएफपीको प्रतिवेदनमा मध्य अफ्रिकी गणतन्त्र, इथियोपिया, केन्या, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र सिरिया र म्यान्मारलाई पनि खाद्य अभावको उच्च जोखिम रहेका देशका रुपमा चित्रण गरिएको छ । खाद्य असुरक्षा भएका यी सबै देशको जनजीवन दुईछाक भरपेट खान नपाएर कष्टकर हुने चेतावनी दिइएको छ ।

अहिले नै अफगानिस्तानका ७० प्रतिशत जनताको यस्तो अवस्था छ । सन् २०२१ को अगष्टमा तालिबानले सत्ता सम्हालेपछि अफगानिस्तान असुरक्षित भएको छ । अन्तरराष्ट्रिय समुदायले तालिबान नेतृत्वको सरकारलाई मान्यता दिएको छैन ।

राजनीतिक उथलपुथलका अतिरिक्त पाकिस्तानलाई उसको अहिलेको आर्थिक अवस्थाबाट पार लगाउन अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वित्तीय सहायता ‘प्याकेज’मा विगत सात महिनादेखि विलम्ब भएको छ ।

प्रतिवेदनमा देशको उत्तरपश्चिममा बढ्दो असुरक्षाको बीच आगामी अक्टोबरमा हुने आमचुनाव अघि राजनीतिक सङ्कट र नागरिक अशान्ति अझ चर्कने आकलन गरिएको छ ।

विदेशी मुद्रा सञ्चितिको अभाव र पाकिस्तानी मुद्राको अवमूल्यनले पाकिस्तानको आयात क्षमता घटेको छ । अत्यावश्यक खाद्यवस्तु र ऊर्जाको अकल्पनीय मूल्यवृद्धि लाखौँ पाकिस्तानी मारमा परेका छन् । राजनीतिक अस्थिरताले पनि देशको अर्थतन्त्रमा गम्भीर असर भएको छ ।

Previous Post

महावीरका केही अमर वाणीहरु

Next Post

विश्वकप क्रिकेट छनौट खेल्न आज सन्दिप लामिछाने अफ्रिका जाँदै

सम्बन्धित खबर

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै
आवाज

किसान चैतेधान रोप्नमा व्यस्त

१५ चैत्र २०८२,
सारङ्गीको धुनमा गुजारा
आर्थिक

सारङ्गीको धुनमा गुजारा

१५ चैत्र २०८२,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

सातमहिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

१५ चैत्र २०८२,
इराकमा हवाई आक्रमण, १५ जना हसद अल–शाबी लडाकु मारिए
अन्तर्राष्ट्रिय

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

१५ चैत्र २०८२,
सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
Load More
Next Post
विश्वकप क्रिकेट छनौट खेल्न आज सन्दिप लामिछाने अफ्रिका जाँदै

विश्वकप क्रिकेट छनौट खेल्न आज सन्दिप लामिछाने अफ्रिका जाँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In