कृष्णमूर्तिको शिक्षा अरोविक व्यायामजस्तो हो, जो ‘छ’ को सङ्गीतमा तरङ्गायित भएर सबै बिर्सेर, स्वतः स्वयंको श्रद्धामय अनुपममा मौन प्रवाहित हुनु हो ।
मनुष्य त्रिविधमा आहार, विहार, विचारमा अस्वस्थ छ । आहार अस्वस्थतामा औषध, विहार अस्वस्थतामा संयम, विचार अस्वस्थतामा चिन्तन रूप औषधको प्रयोग गर्नुपर्छ । आहार विहार बुझ्नु भनेको सरल, सादा र स्वल्पता हो ।
विचारको स्वस्थता हो एकतत्वद्वारा सूक्ष्म तत्वमा र सूक्ष्म तत्वद्वारा परतत्वमा प्रवेश गर्नु । परतत्वसम्म दृष्टि पु¥याउन द्विविध प्रकाश छन् ।
त्यागको स्वतन्त्र प्रकाश तथा शरणागति (आश्रय पराभक्ति) को अहोभाव ।
पथ्य (त्याग एवं धैर्य) विना औषधिको प्रभाव शून्य बराबर हुन्छ ।
तमोगुणको पथ्य हो – राजमर्यादा ।
रजोगुणको पथ्य हो – शास्त्रमर्यादा ।
सतोगुणको पथ्य हो – महापुरुष रजोमिषेकम् ।
गुणातीतको पथ हो – मौन एवं त्याग ।
मौन एवं त्यागको परमाकाश रूप आनन्द समय शून्यमा विलय हुन्छ ।
छ अरब (छ सय करोड) मनुष्यमा, पाँच सय त्रिआनब्बे करोड मनुष्य तमोगुणी छन् । निन्नानब्बे लाख नब्बे हजार रजोगुणी छन् । सय जना छोडेर दश हजार सतोगुणी छन्, वर्तमान मनुष्य समूहमा सय जना गुणातीत छन्, साधारण रूपमा अकिञ्चन, अदृश्य विनम्ररूपमा ।
आफ्नो सङ्कल्पमा दृढता नहुनाले अस्थिरता आउँछ, भक्तहरूले व्यवस्था गर्नुपर्छ— धर्मकार्य गर्ने भए दिगम्बर जैनपद्धति स्वीकार गर्नु ।
साभार : ‘विचारप्रवाह’ पुस्तकबाट













