काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको आज चौथो टी-२० खेल खेल्दै छ ।
मलेसियाको वाईएसडी युकेएम ओभल मैदानमा नेपाल इस्मय अनुसार यो खेल विहान ८: ४५ बजेदेखि शुरु हुने छ ।
नेपालले अहिलेसम्म सिरिजमा २-१ ले अगाडी छ र यो खेल जितेर सिरिज जित्ने अवसर रहेको छ ।
सिरिजको पहिलो खेलमा हार बेहोरेको नेपालले त्यसपछिका लगातार दुई खेल जितेर सिरिजमा अग्रता बनाएको छ ।
सिरिजको पहिलो खेल मलेसियाले ५ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेल नेपालले ७ विकेटले र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो ।
आजपछि सिरिजको अन्तिम खेल आइतबार नै हुने तालिका रहेको छ ।













