– चील मात्र यस्तो एक जीव हो, जसले नाङ्गो आँखाले सोझै सूर्यलाई हेर्न सक्छ । चीलको आँखाले हेर्न सक्ने शक्ति मानिसको भन्दा नौ गुणा बढी हुने गर्छ ।
– चराहरुमध्ये सबैभन्दा उत्कृष्ट चराको रुपमा चीललाई लिइन्छ । चील एक्लै स्वतन्त्रता, शक्ति, सम्मान, समर्पण, सुन्दरता र दूरदर्शिताको प्रतीक हो ।
– सिकारका लागि माथिबाट तल झर्ने क्रममा चील झण्डै १०० माइल प्रतिघण्टाका दरले उड्न सक्छ ।
– पोथी चीलको तौल झण्डै १२ देखि १४ पाउण्डसम्म हुन्छ भने पुरुष चीलको तौल झण्डै ९ पाउण्ड । प्वाँखको लम्बाई मात्र ६ फिटको हुन्छ ।
– चीलको कुनै पनि चिजलाई तान्ने शक्ति एउटा शक्तिशाली मानिसभन्दा झण्डै ३ देखि ४ गुणा बढी हुन्छ ।
– चराहरुमा सबभन्दा ठूलो गुँड पनि चीलकै हुन्छ । जुन कमसेकम २००० पाउण्ड तौलको हुने गर्छ ।
– माउ चीलले आफ्ना बच्चाहरुलाई उड्न, सिकार खेल्न, गुँड बनाउन तथा आफ्नो जोडी पोथी खोज्न तालिम दिएर प्रफेक्ट पार्छ । सबै सीप सिकाइसकेपछि मात्र बच्चाहरुलाई उड्नका लागि स्वतन्त्र छोडिदिन्छ ।
– सृष्टिको एकमात्र त्यस्तो प्राणी चील हो, जसको प्राकृतिक दुश्मनी कसैसित पनि हुँदैन । उनीहरु जतिखेर पनि जहाँ पनि विनाकुनै डर निर्भय उड्न सक्छन् ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













