सुन सर्वाधिक लोकप्रिय तथा मूल्यवान् चम्किलो धातु हो । हाम्रो जस्तो हिन्दू समाजमा त सुनबिना धेरै महत्वपूर्ण संस्कार नै पूर्ण हुँदैनन् । प्राचीन कालमा समुद्र मथेर देउताहरुले बहुमूल्य रत्न निकालेको प्रसङ्ग पनि आउँछ ।
हो, समुद्र वास्तवमै रत्नहरुको भण्डार पनि हो । हालसम्म विश्वमा सम्पूर्ण खानीहरुबाट जति मात्रामा सुनको प्रशोधन भई प्रयोगमा आएको छ, ठीक त्यसको दुई सय गुणा बढी सुन विश्वभरिका समुद्रमा रहेको अनुमान गरिएको छ । मनुष्यका लागि केही पनि असम्भव छैन । तसर्थ समुद्री सुन पनि उसले सजिलै प्रयोगमा ल्याउन सक्ने दिन नआउलान् भन्न सकिन्न ।
साभारः ‘रोचक तथ्य’ पुस्तकबाट













