तौल घटाउनका लागि मानिसहरू अनेक किसिमका डाइट लिन्छन्, जिममा गएर व्यायाम गर्छन्, यो पनि खान हुँदैन, त्यो पनि खान हुँदैन भन्दै खाना घटाउँछन् । तर यस्तो गर्नुको साटो घरैमा योगाभ्यास गर्ने अनि स्वस्थकर चिया पिउने गर्दा पनि तौल नियन्त्रणमा राख्न सकिन्छ ।
तौल घटाउने स्वस्थकर चिया
– दिनको एक वा दुई कप कालो चिया पिउने गर्नुभयो भने शरीरको बोसो डढ्छ । यसले थकान र सुस्तता हटाएर दिनभरि फुर्तिलो पनि बनाउँछ ।
– दिनको एक वा दुई कप ग्रीन टी पिउँदा शरीरमा रक्तसञ्चार सुचारु हुन्छ । कोलेस्ट्रोल लेभल घटेर मुटुको समस्या पनि हुन पाउँदैन र मौसमी रुघाखोकीको खतरा पनि घट्छ ।
– कागती राखेको चियामा भएको भिटामिन सी र एन्टीअक्सिडेन्टले इम्युनिटी बूस्ट हुन्छ । अनि यसले शरीरमा जमेको अतिरिक्त बोसो पनि डढाइदिन्छ ।













