• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

यी हुन् चुनावी मैदानमा चिकित्सकहरू

by
२९ अशोज २०७९,
0
यी हुन् चुनावी मैदानमा चिकित्सकहरू
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – बिरामीको उपचारमा व्यस्त भइरहने चिकित्सकलाई पनि चुनावको रन्कोले छोएको छ। विगतका चुनावमा एकाध चिकित्सक देखापर्थे भने यस पटक चुनावी मैदानमा थुप्रै चिकित्सक प्रतिस्पर्धामा उत्रिएका छन्। पद र पेसाबाट राजीनामा दिएर प्रतिस्पर्धामा होमिएका उनीहरू आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि यतिबेला व्यस्त छन्। चुनावी मैदानमा उत्रने केही चिकित्सक मुख्य राजनीतिक पार्टीबाटै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने केहीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् ।

चिकित्सकहरूले सांसद भएपछि स्वास्थ्य क्षेत्र सुधारका लागि नीति निर्माण गर्ने र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्ने मुद्दा अगाडि सारेका छन्। स्वास्थ्यको पहुँचलाई सर्वव्यापी बनाएर निःशुल्क स्वास्थ्य, गाउँ–गाउँमा स्वास्थ्य सेवा, प्राविधिक शिक्षा र युवा रोजगारीलगायतका कार्यसूचीसहित उनीहरू चुनावी प्रतिस्पर्धामा छन्। नेपाली कांग्रेसका डा शशाङ्क कोइरालाले नवलपुर–१ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनी आँखारोग विशेषज्ञ हुन्। यस्तै नेपाली कांग्रेसका डा शेखर कोइरालाले मोरङ–६ बाट उम्मेदवारी दिएका छन् ।

यसैगरी चितवन–३ बाट नेकपा (माओवादी केन्द्र) का तर्फबाट डा भोजराज अधिकारीले उम्मेदवारी दिएका छन्। वरिष्ठ फिजिसियन डा अधिकारी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर चुनावमा होमिएका हुन्। ललितपुर–३ बाट शल्यचिकित्सक डा तोसिमा कार्की पनि चुनावी मैदानमा उत्रिएकी छिन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा कार्कीले राजनीति गर्ने व्यक्ति देशका लागि भन्दा पनि स्वार्थका लागि प्रेरित भएकाले आफू चुनावी मैदानमा उत्रिनुपरेको बताइन्। उनले स्वतन्त्र रूपमा उम्मेदवारी दिएकी हुन् ।

काठमाडौँ–५ मा राप्रपाका तर्फबाट प्राडा रामप्रसाद उप्रेती चुनावी प्रतिस्पर्धामा छन्। यसैगरी स्याङ्जा–२ (ख) मा नेकपा एमालेबाट डा। बुद्धिमान श्रेष्ठले उम्मेदवारी दिएका छन् । विराटनगरस्थित नोबेल मेडिकल कलेज र सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका सञ्चालक डा सुनील शर्माले मोरङ–३ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी–२ बाट प्रतिनिधि सभा सदस्यमा डा फरेन्द्र शाहले उम्मेदवारी दिएका छन् । वरिष्ठ बाल रोग विशेषज्ञ डा शाहले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

सप्तरी–३ मा हाम्रो नेपाली पार्टीबाट डा नवीन मण्डल, रौतहट–१ मा राष्ट्रिय जनमत पार्टीबाट डा राजेन्द्रप्रसाद साह, महोत्तरी–४ मा जसपाबाट डा सुरेन्द्रकुमार यादव, रौतहट–२ मा नेपाली कांग्रेसबाट डा फिर्दोस आलम र पर्सा–३ (ख) मा जसपाबाट डा मधु गुप्ता चुनावी मैदानमा उत्रिएका छन्। यस्तै छाला तथा यौन रोग विशेषज्ञ डा प्रसन्नकुमार झाले जनमत पार्टीबाट धनुषा–३ (क) बाट उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै ललितपुर–२ बाट दन्तरोग विशेषज्ञ सुदिन शाक्य, ललितपुर–१ बाट डा सचिन घिमिरेले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका छन्। रुपन्देही–२ बाट डा निकोलस भुसालले उम्मेदवार दिएपनि उम्मेदवारी रद्द भएको छ। यो खबर आजको गोरखापत्रदैनिकमा प्रकाशित छ ।

Previous Post

युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ठूलो आक्रमण आवश्यक नरहेको पुटिनको भनाइ

Next Post

टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु

सम्बन्धित खबर

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित
समाचार

मध्यपूर्वी तनावबीच नेपाल कडा निर्णयमा, इरानी नागरिकलाई ‘अन–अराइभल’ भिसा सेवा स्थगित

३० फाल्गुन २०८२,
समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै
समाचार

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक आज बस्दै

३० फाल्गुन २०८२,
ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
समाचार

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

३० फाल्गुन २०८२,
दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो
समाचार

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

३० फाल्गुन २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

३० फाल्गुन २०८२,
खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली
समाचार

खानेपानी अभावपछि गाउँ हुन थाल्यो खाली

३० फाल्गुन २०८२,
Load More
Next Post
टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु

टर्कीमा खानी विस्फोटमा २२ जनाको मृत्यु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In