• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

    मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

    मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

    सुनको मूल्य घट्यो

    सुनचाँदीको मूल्य फेरि बढ्यो

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

    पर्यटकको रोजाइमा रास ताल

    पर्यटकको रोजाइमा रास ताल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

चितवनका हाँसका परिकार काठमाडौँका भोजमा

by
४ जेष्ठ २०८०,
0
चितवनका हाँसका परिकार काठमाडौँका भोजमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सौराहाको कटेजमा सिपालु चौधरीले बनाएका हाँसका परिकार जहाजबाट काठमाडौँका भोजमा पुग्छन् भन्दा धेरैलाई अनौठो लाग्नसक्छ । सौराहाका कमाण्डरले यहाँका थारु समुदायले बनाएको परम्परागत हाँसका परिकार काठमाडौँका भोज र घरमा पुर्‍याउँदै आएका छन् ।

सौराहामा कमाण्डरका नामबाट परिचित नेपाली सेनाका निवृत्त नायक हरेराम महतो अहिले नियमित हाँसका परिकार बनाउछन। उनको रेष्टुरेन्टमा पुगेर खानेहरु त हुन्छन् नै देशका विभिन्न भागबाट माग गर्नेको पनि कमी हुँदैन । उनले पूर्वको इटहरीदेखि काठमाडौँसम्म हाँसका परिकार तयार पारेर पठाउँदै आएका छन् ।

पछिल्लो समय बनेका परिकार जहाजबाट उनले पठाउने गर्छन । पैसा अनलाइन सेवामार्फत् उनको खातामा आउँछ । साँझपख उनका पाँच वटै कटेज भरिएर आँगनमा पाहुना हाँसका परिकारमा रमाउने गर्दछन् । कोभिडपछि व्यापार घटेको दुखेसो उनको छ । अनठाउन्न वर्षीय कमाण्डरलाई अबका दिन विगत जस्तो काम गर्ने जाँगर भने छैन ।

विगत सम्झँदै उनले भने, “एकै दिन १२ वटासम्म हाँसका परिकार बनाएर काठमाडौं पठाएँ, रेष्टुराँमा २४ वटासम्म हाँस बनाएर पाहुनालाई खुवाएको छु ।” जिउँदो हाँसलाई काटेर सालको दाउराको आगोमा पोलेर हड्डी छुट्याएर आफैले सिलौटीमा पिनेको मसलामा पकाएको हाँसको स्वाद धेरैले मन पराएको उनी बताए ।

छुट्याएको हड्डीलाई मिठो हुने गरी उनले सुप बनाउछन । बाहिर पठाउँदा मसला मोलेको तयारी मासु र हड्डी छुट्टाछट्टै उनले पठाउने गर्छन। उनले भने, “सालबाहेकका दाउरा प्रयोग गर्दिन, बजारको मसला राख्दिन ।” अदुवा र लसुनको लेदोले उनले बनाएको हाँसको छोइलाको स्वाद धेरैलाई मनपर्ने गर्दछ । हाँससँगै उनले स्थानीय खोलामा पाइने माछा र स्थानीय जातका कुखुराका परिकार पनि खुवाउछन्।

उनीसँगै श्रीमती, तीन छोरा, दुई बुहारी सँगसँगै काम गर्छन् । भर्खरै मात्र छोरीको विवाह भएकाले काम गर्न छाडेको उनले बताए । उनले भने “सबै परिवार मिलेर काम गर्छौ ।” कमाण्डरको आफ्नै जीवनकथा छ । नेपाली सेनामा १६ वर्ष सेवापछि विसं २०५४ मा निवृत्त भएसँगै उनको पेसा रेष्टुराँ बन्यो । भरतपुरको गीतानगरमा जन्मिनुभएका उनले निवृत्त जीवनसँगै सौराहामा रेष्टुराँ सुरु गरे । चरम द्वन्द्वको समयमा हतियार खेलाउन जानेका कमाण्डरलाई माओवादीले सँगै लैजाने डरले भागेर उनले बुटवल र वीरगन्जमा लुकेर गार्डमा काम गरे ।

द्वन्द्व मत्थर भएपछि पुनः सौराहा फर्किएर उनले थप सङ्घर्ष गरे । जेनतेन श्रीमतीले धानेको रेष्टुरेन्टलाई राम्रो बनाएर सौराहाको हात्तीचोक वरिपरि चार ठाउँमा सर्र्दै रेष्टुरेन्ट चलाए। त्यहाँ बचाएको रकमले उनले हात्तीचोक भित्रपट्टी ३८ धुर जमिन पनि किने । त्यही जमिनमा अहिले उनको घरसहितको कटेज छ । यही कटेजबाट विसं २०७३ देखि उनको रेष्टुरेन्ट सञ्चालन हुँदै आएको छ । त्यहाँ कहिले रु ४५ हजारसम्मको व्यापार हुन्छ भने कहिले केही पनि हुँदैन ।

थारु जातिको परम्परागत स्वादका पारखीका लागि कमाण्डरको रेष्टुराँ रोजाइ बन्ने गरेको छ । चितवन र बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकसमेत यहाँ हाँसको परिकारमा रमाउन पुग्ने गर्दछन् ।

Previous Post

सामान्य ज्ञान पढौँ र जानौँ

Next Post

पशुपति क्षेत्रका पसलेलाई ३ दिनभित्र बक्यौता बुझाउन ताकेता

सम्बन्धित खबर

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा
आर्थिक

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

१५ चैत्र २०८२,
मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै
अन्तर्राष्ट्रिय

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

१५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीको मूल्य फेरि बढ्यो

१५ चैत्र २०८२,
कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन
जीवन शैली

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

१५ चैत्र २०८२,
आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग
अन्तर्राष्ट्रिय

आर्थिक सङ्कटबीच पाकिस्तानलाई आईएमएफको नयाँ सहयोग

१५ चैत्र २०८२,
पर्यटकको रोजाइमा रास ताल
आवाज

पर्यटकको रोजाइमा रास ताल

१५ चैत्र २०८२,
Load More
Next Post
पशुपति क्षेत्रमा बाला चतुर्दशीको तयारी शुरु

पशुपति क्षेत्रका पसलेलाई ३ दिनभित्र बक्यौता बुझाउन ताकेता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In