• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    ‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नेपाली चलचित्रको चर्चा अन्तर्राष्ट्रिय बजारमा

by
३ जेष्ठ २०८०,
0
नेपाली चलचित्रको चर्चा अन्तर्राष्ट्रिय बजारमा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा विदेशी चलचित्रले राम्रो कमाइ गरिरहँदा विदेशमा नेपाली चलचित्रले पनि आफूलाई अब्बल सावित गरिरहेको छ । गुणस्तरीय चलचित्र बनाउने मात्र होइन, विदेशमै छायाङ्कन गरेर त्यहीँ चलचित्र भवन ९हल० मा प्रदर्शन भइरहेका छन् । नेपाली माटोको सुन्दरता र मौलिकता चलचित्रमार्फत देखाउने प्रयासमा चलचित्रकर्मी छन् ।

पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफासमेत प्राप्त गर्न थालेको छ । नेपालमा राम्रो भनिएका र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले हेर्न लालायित हुने भएकाले पनि विदेशबाट राम्रै मुनाफा स्वदेश भित्रिने गरेको छ । मुनाफासँगै यसले बजार विस्तारमा टेवा पु¥याइरहेको छ ।

‘जात्रा’, ‘शत्रु गते’, ‘जात्रैजात्रा’ र ‘महापुरूष’ निर्देशन गर्नुभएका निर्देशक प्रदीप भट्टराईले विदेशी बजारले गर्दा निर्मातालाई चलचित्र बनाउन आँट आउने बताउनुभयो । “स्वदेशी बजारबाट लगानी गर्न प्रेरित नहुँदा पनि विदेशमा बिक्री हुने प्रदर्शन अधिकारबापत प्राप्त हुने रकमले धेरै निर्मातालाई सहज बनाएको छ”, उनले भने , “मैले निर्देशन गरेका चलचित्रले नेपाली बजारमा झैँ बाहिर पनि व्यापार गरेका छन् । यसले गर्दा हामीलाई लगानीमा सङ्कोच मान्नुपर्ने अवस्था छैन ।”

उनको निर्देशनमा तयार हुने ‘जात्रा’ को तेस्रो शृङ्खलासमेत विदेशमा बिक्री भइसकेको छ । यो चलचित्र बन्ने आधिकारिक घोषणा नभए तापनि पछिल्लो चलचित्रको व्यापारको आधारमा बिक्री भइरहेका हो । विशेषतःविदेशमा मौलिक नेपालीपन बोकेको चलचित्रको बजार बलियो देखिएको छ । सरल नेपाली चलचित्र हेर्न परिवार नै साथै आउने गरेका छन् ।

हुन त समीक्षक नेपाली चलचित्रको कथावस्तु, छायाङ्कन, प्राविधिक पक्ष कमजोर हुँदा विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न समस्या भएको दाबी गर्छन् । मौलिक कथा र कलात्मक प्रस्तुति बाहेकका चलचित्रलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सहज छैन । नेपालपछि नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायतलगायतको देश ठूलो बजार बनिरहेको छ ।

ती देशमा छक्का पञ्जा, जात्रा, कबड्डी शृङ्खला निर्माण अगाडि नै बिक्री हुने गरेका छन् । यी शृङ्खलाका पछिल्लो चलचित्रले स्थानीय वितरकलाई समेत मनग्य मुनाफा दिएको थियो । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी झैँ हलमै हुने गरेको छ ।

पछिल्लो समय बजार विस्तार मात्र भएको छैन कि प्रदर्शन गर्ने शैली पनि परिवर्तन भएको छ । संयुक्तराज्य अमेरिकामा नेपाली चलचित्र प्रदर्शन गर्ने कम्पनीमध्येको एक नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदीले केही निर्माताका चलचित्रले राम्रै दर्शक पाइरहेको बताउनुभयो । “समय मिलाएर आउनुपर्ने भएकाले नेपालमा पाउने समीक्षाले यहाँ विशेष प्रभाव पार्छ । हामीले विदेशी झैँ नेपाली चलचित्र प्रदर्शन गरिरहेका छौँ”, उनले भने , “यहाँ सपरिवार हेर्न मिल्ने नेपाली स्वादको चलचित्र प्राथमिकतामा पर्ने गरेका छन् ।”

उनले अमेरिकासँगै क्यानडा, बेलायतमा समेत चलचित्र भवनमै प्रदर्शन गर्छन् । रेस्टुरेन्ट, सामुदायिक भवनसँगै व्यक्तिगत रूपमा हल बुक गरेर चलचित्रको प्रदर्शनी गर्ने शैलीमा परिवर्तन आएको छ । प्रदर्शक तथा वितरक सुवेदीका अनुसार व्यक्तिगत सोका रूपमा केही घन्टाका लागि चलचित्र भवन भाडामा लिएर देखाइने चलचित्र हेर्न तिर्नुपर्ने शुल्क बक्स अफिसमा टिकट काटेर हेरिएका चलचित्रभन्दा महँगो पर्न जान्छ । “बुक गरेर प्रदर्शन गर्दा ३० डलरसम्म पर्ने गरेको हुन्छ । त्यसबाहेक सम्पूर्ण व्यवस्थापन प्रदर्शक स्वयंले गर्नुपर्छ । तर बक्स अफिसमा प्रदर्शन गर्दा हामीलाई त्यो झन्झट हुँदैन । साथै आफूलाई पायक पर्ने समयमा दर्शकले समेत हेर्न पाउछन्”, प्रदर्शक सुवेदीले भन्नुभयो । उहाँले ‘प्रेम गीत ३’, ‘महापुरूष’, ‘जारी’ लगायतका चलचित्र नियमितरूपमै प्रदर्शन गरे ।

अष्ट्रेलियामा सोही शैलीमा चलचित्र ‘प्रसाद २’ प्रदर्शन भइरहेको छ । स्थानीय प्रदर्शक नमस्ते इन्टरनेटमेन्टका देव कार्कीले विस्तारै यहिँ क्रम बढ्ने बताए । “हामीले चलचित्र भवनलाई सहज बनाइदिएका हौँ । चलचित्र आफैँ ल्याएर सम्पूर्ण जिम्मेवारी लिएर प्रदर्शन गर्दा चलचित्र भवनको दायित्व नै देखिएन् । अहिले परिवर्तन भइरहेको छ”, प्रदर्शक कार्कीले भने , “विदेशमा मौलिकता बोकेको र प्रतिष्ठित समूहले निर्माण गरेका नेपाली चलचित्रको बजार निकै राम्रो छ । नामकै आधारमा समेत प्रदर्शन अधिकार खरिद हुने गरेको छ”, प्रदर्शक कार्कीले भन्नुभए झैँ केही चलचित्रको विश्व प्रदर्शन अधिकार निर्माणपूर्व नै खरिद गर्न विदेशमा रहेका प्रदर्शक अधैर्य रहेका छन् ।

कबड्डी’ शृङ्खलामार्फत स्थापित निर्देशक बन्नुभएका निर्माता तथा निर्देशक रामबाबु गुरुङले आउँदो दुई चलचित्र ‘कबड्डी ५’ र ‘म हुँ डिग्री माइला’ विदेश प्रदर्शन अधिकार लगभग विक्री भइसकेको जानकारी दिए । गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४ ः द फाइनल म्याच’ को व्यापारले गर्दा आफ्ना आगामी दुई चलचित्र नबन्दै बिक्री भएको उजको बुझाइ छ ।

निर्देशक गुरुङले भने , “कबड्डीदेखि हाम्रो समूहमार्फत तयार भएको चलचित्रको विदेशी बजार बढिरहेको छ । अहिले चलचित्र निर्माण गर्न हामीलाई विषयवस्तुमा मात्र चुनौती हो । लगानीका हिसाबले हामी ढुक्क हुने अवस्था अन्तर्राष्ट्रिय बजारबाट नै छ ।”

अष्ट्रेलियामा नेपाली चलचित्रको बजारलाई नजिकबाट बुझ्नुभएका रङ्ग पत्रकार राजन घिमिरेले सीमित चलचित्रकर्मीको चलचित्र निर्माणअगावै बिक्री हुने गरेको जानकारी दिए । “अहिले विदेशी बजारमा खोजिएको जस्तो चलचित्र बनाउनसके बजार विस्तारसँगै मुनाफा पनि आर्जन गर्न सकिन्छ”, पत्रकार घिमिरेले भने ।

निर्माणकै क्रममा ‘पशुपति प्रसाद २ ः भष्मे डन’, ‘दिमाग खराब’,‘नाङ्गो गाउँ’ को विदेश प्रदर्शन अधिकार बिक्री भइरहेको छ । अहिले बढिरहेको बजारलाई दीर्घकालीनरूपमा व्यवस्थित बनाउनुपर्ने निर्देशक दीपेन्द्र लामाले बताए । “विदेशमा रहेका चलचित्र प्रेमीका कारण बजार बढिरहेको छ । यसमा सम्बन्धित निकायले पहल गर्नसके यसको प्रत्यक्ष लाभ चलचित्रकर्मीलाई नै हुनेछ”,उनले भने ।

निर्मातासँगै कलाकारसमेत रहेका रवीन्द्रसिंह बानियाँलाई व्यक्तिगतरूपमा रेस्टुरेन्ट, सामुदायिक भवनमा चलचित्र देखाइएको अनुभवसमेत छ । निर्मित ‘टल्क जङ्ग भर्सेस टुल्के’ नेपालबाहेक अन्य धेरै देशमा प्रदर्शन भएको थियो । त्यो समयमा विदेश प्रदर्शनभन्दा पनि भिसिडी अधिकारी बिक्री गर्ने प्रचलन थियो ।

खुलारूपमा प्रदर्शन गर्दा पाइरेसीको जोखिम उत्तिकै हुन्थ्यो । तर अहिले विदेशी बजारमा चलचित्र भवनमै हुने प्रदर्शनले नेपाली निर्मातालाई पाइरेसीको समस्याबाट छुटकारा दिलाउन सफल भएको निर्माता बानियाँले बताए । “नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बढाउन हामी चलचित्रकर्मी पनि उत्तिकै सजग र जिम्मेवार हुनुपर्छ । अहिले हाम्रो उद्देश्य मुनाफाभन्दा पनि राम्रोसँग प्रदर्शन गर्ने हुनुपर्छ । बढिरहेको बजारले हामीलाई ठूलो फाइदा दिने छ”, निर्माता बानियाँले भने ।

यो वर्ष पनि नेपाली चलचित्रको उपस्थिति अन्तर्राष्ट्रिय बजारमा राम्रो देखिनेछ । किनकी दसैँ तिहारसम्म प्रदर्शन घोषणा भएका प्रतिष्ठित समूहका चलचित्रको प्रदर्शन अन्तर्राष्ट्रिय बजारमा समेत नेपालसँगै हुँदैछ । बजार विस्तारमा चलचित्र विकास बोर्डले पनि अध्ययन गरिरहेको सदस्य रवि अधिकारीले जानकारी दिए । बोर्डअन्तर्गत रहेको ‘चलचित्रको अन्तर्राष्ट्रिय प्रवद्र्धन समिति’ का संयोजकसमेत रहनुभएका अधिकारीले कार्ययोजनाअनुरूप कामलाई अगाडि बढाउने बताए ।

“निजीस्तरबाट भएका पहल प्रशंसनीय छ । त्यसमा सरकारको उपस्थिति महसुस हुनेगरी काम गर्नेछौँ । हामी सहयोग गर्न सदैव तत्पर छौँ”, सदस्य अधिकारीले भने । उनले आफू संयोजक रहेको समितिले बैठक गरेर अपनाउनुपर्ने कार्यदिशाको छलफल गरिरहेकोसमेत जानकारी दिए । प्रविधिले दिएको सहजतासँगै नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार विस्तारमा देखिएको सम्भावनाले आगामी दिन सुनौलो रहेको सङ्केत गर्दछ ।

Previous Post

मदनको सम्झनामा विद्याले रोपिन् स्वामीको बिरुवा

Next Post

जङ्गल नजिकको बस्तीमा हात्तीको त्रास

सम्बन्धित खबर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा
फिचर-ब्यानर

‘युसिन–एआरटी’ जेभीले पायाे नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा

१६ चैत्र २०८२,
गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
समाचार

खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

१६ चैत्र २०८२,
गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’
समाचार

गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

१६ चैत्र २०८२,
Load More
Next Post
कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन किसानलाई समस्या

जङ्गल नजिकको बस्तीमा हात्तीको त्रास

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In