काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ स्थित बुइपामा विदेशी उत्पादनमा बनेका पेय पदार्थहरु पूर्णरुपमा बन्देज गरिने भएको छ ।
खोटाङको ‘सूर्योदय सांस्कृतिक परीवार’ले अबदेखि समाजमा हुने कुनैपनि कार्यक्रम जस्तैस् शुभ बिवाह, छेवर, गुन्यूचोली, पास्नी, मृत्युरमरण लगायत कार्यमा विदेशी उत्पादनका पेय पदार्थहरु पूर्णरुपमा बन्देज गर्ने निर्णय गरेको हो ।
‘बृहत ब्याक्तित्व बिस्तारीत समाज, सभ्य सक्रिय युवा हाम्रो अभियान’, भन्ने नारालाई व्यवहारमा लागु गर्ने उदेश्यले सिलप्याक रक्सी, बियर, कोकाकोला, ड्यू, पेप्सी लगायतका पेय पदार्थहरू बन्देज गर्ने निर्णय गरिएको स्थानीय गोविन्द राईले बताए ।
यस निर्णयबाट फजुल आर्थिक भारबाट मुक्ती, सामाजिक सद्भाव कायममा मजबुत, घरेलु उत्पादनको सम्मान प्रवर्द्धन हुने सांस्कृतिक परिवारले विश्वास लिएको छ । साथै, अबदेखि यस्ता पेय पदार्थहरु कोशेलीको रुपमा नल्याउनसमेत सूर्योदय परिवारले आफ्ना सदस्यहरुलाई आग्रह गरेको छ ।













