काठमाडौं – नक्कली भूटानी शरणार्थी प्रकरण नेपाली कांग्रेस र नेकपा एमालेका लागि टाउको दुखाइको बनेको छ । नेपालीलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरीका पठाउने भन्दै करोडौं असुलेको आरोपमा कांग्रेस एमालेका प्रभावसाली नेताहरुलाई प्रहरीले धमाधम पक्राउ गर्दै अनसुन्धान सुरु गरेको छ ।
यो प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा राणाको नाम मुछिएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम समेत मुछिएपछि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको नेकपा एमाले नेता माधव ढुंगेल बताउँछन् ।
भूटानी शरणार्थी प्रकरणका आरोपित फरार टोपबहादुर रायमाझीलाई एमालेले सचिव पद बाट निलम्बन गर्यो । कांग्रेस भित्र पनि महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले बालकृष्ण खाँडलाई निलम्बन गर्नु दबाब दिँदै आएका छन् । तर आरजु देउवाको नाम मुछिए पछि खाँडलाई कारवाही गर्न देउवा डराएका छन् ।
लोकतन्त्र, प्रजातन्त्र र सुशासनका ठूला ठूला नारा लगाउँने कांग्रेस एमाले बारम्बार पार्टीका नेताहरु ठूला ठूला काण्डमा मुछिँदा उनीहरुलाई कारवाही गर्नुको सट्टा जोगाउँन उन्मुख हुन्छन । जघन्य अपराध, भ्रष्टाचार र अनियमितामा पार्टीले नेताहरुलाई जोगाउँदै जाने हो भने उनीहरुको भविष्य समेत संकटमा पर्ने विश्लेषण नेपाली काँग्रेस नेता प्रदीप पौडेलको छ ।
तीस वर्ष देखि जनतालाई सोषण गर्दै आएका दलहरुको वास्तविकता विस्तारै उदांगिदै छ । एक वर्ष भित्र भएका तीनै तहका निर्वाचन र महिना दिन अघि मात्रै भएको उपनिर्वाचनको परिणाम यसैको गतिलो उदाहरण हो । दलहरु नसच्चिए आगामी चार वर्षपछि हुने निर्वाचनमा कांग्रेस एमालेले यो भन्दा पनि खराब परिणाम ब्यहोर्नु पर्ने विश्लेषण सुरु भएको छ ।
नेताहरुले पैसाका लागि कुन तहसम्म जान सकछन भन्ने क्कली भूटानी शरणार्थी प्रकरणले प्रष्ट गरेको छ । निर्वाचनले मुलधारका राजनीतिक दल सच्चिनु पर्ने स्पष्ट संकेत दिएको छ । तर दलहरुले जनादेशलाई वेवास्ता गर्दे सत्तामोहबाट उम्बन सकेका छैनन । सत्ताकै लागि मरिहत्ते गरेका परम्परावादी दलहरुले नयाँ दललाई पनि आफूहरुकै तराजुमा जोखेका छन् ।
शनिबार भ्रष्टचार विरुद्धको आन्दोलनमा नागरिकसंगै एकेबद्धता जनाउँन काठमाडौंको नक्साल पुगेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई प्रति जनताले देखाएको असन्तुष्टि र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रति देखिएको विश्वासले पनि मुलधारका राजनीतक दलहरु प्रति जनताको वितृष्णा बढ्दै गएको संकेत गरेको छ ।












