१. निर्गुण ब्रह्मालाई परब्रह्मा र सगुण ब्रह्मालाई अपर ब्रह्मा भन्दछन् । परब्रह्मा उपासक सद्यः मोक्ष प्राप्त गर्छ र अपर ब्रह्मोपासक ब्रह्मालोकमा जान्छ । जसलाई ब्रह्मालोकको इच्छा छैन, त्यस निर्गुणोपासकलाई यसै शरीरमा ज्ञानद्वारा मोक्ष प्राप्त हुन्छ । ब्रह्मारूपले ॐ कारलाई आत्मासित चिन्तन गर किनभने आत्माको ब्रह्मासँग मुख्य अभेद छ ।
२. सृष्टि, स्थिति र संहारका अतिरिक्त समस्त ऐश्वर्य उपासकलाई प्राप्त हुन्छन् । यसैलाई सायुज्यमुक्ति भन्दछन् ।
३. सगुण ब्रह्मा र निर्गुण ब्रह्माको आफूसित अभेद चिन्तन गर्नु नै ध्यान हो ।
४. व्यष्टिपिण्डको उपाधिले मेरै नाम आत्मा र समष्टिपिण्डको उपाधिले मेरै नाम परमात्मा हुन्छ ।
५. वेदान्तमा समाधिको अर्थ अचिन्तन हो ।
६. आकारको उच्चारणको साथै ‘म विश्वात्मा हुँ’ भन्ने भाव गर, उकारको उच्चारण गर्दा आफूलाई सूक्ष्म समष्टिरुप हिरण्यगर्भ देखि, मकारको उच्चारण गर्दा आफूलाई प्रज्ञानघन आनन्दमय चेतोमुख प्रज्ञा ठान र यी तीनैभन्दा पर तुरीय परमात्मामा स्थित हुन जाऊ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













