उत्तर एटलान्टिक सन्धि संगठन नेटोले ठूलो रुसी आक्रमणपछि युक्रेनको क्षेप्यास्त्र प्रतिरक्षालाई बढावा दिने बताएको छ।
रुसी क्षेप्यास्त्र आक्रमणपछि युक्रेनका नेटो नेतृत्वका साझेदारहरूले किभलाई उन्नत हवाइ रक्षा हतियार पठाउने घोषणा गरेका हुन्। घोषणा अनुसार बेलायत, क्यानडा, फ्रान्स र नेदरल्याण्ड्सले प्रतिज्ञा गरेको हतियारमा मिसाइल र रडारहरू युक्रेनलाई सहयोग गर्ने भएका हुन्।
यसअघि अमेरिकाले पनि यस्तै वाचा गरेको थियो। जर्मनीबाट एउटा उच्च प्रविधि प्रणाली पहिले नै युक्रेनमा रहेको बीबीसीले जनाएको छ। ब्रसेल्समा रहेको नेटोको मुख्यालयमा ५० देशका सहयोगी भेला भई युक्रेनको क्षेप्यास्त्र प्रतिरक्षालाई बढावा दिने घोषणा गरेका हुन्।
रुसले सोमबार र मंगलबार १०० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको र दर्जनौँ ड्रोन प्रयोग गरी ऊर्जा पूर्वाधार र अन्य गैर–सैन्य लक्ष्यलाई प्रहार गरेको युक्रेनले बताएको छ। सोमबार पहिलो दिन कम्तीमा १९ जनाको मृत्यु भएको थियो।













