• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

    युरोपको कडा आप्रवासन मोड

    युरोपको कडा आप्रवासन मोड

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

    मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

    मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

घर जलेपछि पीडितलाई बासको समस्या

by
२८ बैशाख २०८०,
0
घर जलेपछि पीडितलाई बासको समस्या
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रामपुर– आफ्नै आँखा अगाडि घर जलेर नष्ट हुँदा ७६ वर्षीय दलबहादुर साठीघरेलाई आगोले पोलेको घाउको दुखाइभन्दा घर जलेको देख्दा मन भतभती पोलेको छ । उनलाई शरीरका भागमा आगोले पोलेर पीडा सही नसक्नु छ, तर पनि पीडा लुकाउँदै आफ्नै आँखाले हेर्दाहेर्दै आगो दन्केर घर खरानी हुँदा कताकता सपना हो कि बिपना जस्तै अनुभूति हुने गरेको छ ।

आगोले पोलेको पीडा त छँदै छ तर त्योभन्दा बढी घर डढेको पीडाले उनी तड्पिरहेका छन् । पाल्पाको रामपुर नगरपालिका–९ स्थित मधुकोटमा आगलागी हुँदा उनको तीन तले जस्तापाताले छाएको घर पुरै जलेर नष्ट भएको छ । घरमा भएका सरसामान, लत्ताकपडा, गरगहना, पैसा केही झिक्न नपाउँदा उनलाई बाँकी जीवन कसरी व्यतित गर्ने चिन्ताले पिरोलेको छ ।

‘कति दुःखले बनाएको घर क्षणभरमै हेर्दा हेर्दै खरानी भयो, आगो निभाउन जाँदा शरीरका विभिन्न भागमा पोलिएर घाउ बनेको छ, तर यो पोलिएको घाउले दुखेको सहेको छु’, उनले भने, घर डढेको चोटले मन भतभती पोलिएको छ ।’

मंगलबार अपराह्न बस्तीदेखि तल रहेको मधुकोट जङ्गलमा लागेको आगो सल्केर दलबहादुरको घर अगाडिको गोठ ९दाउरा राख्ने० मा सल्केको हो । गोठमा लागेको आगो निभाउन बाल्टीमा पानी लिएर जाँदा दलबहादुर घाइते भए । गोठ हुँदै घरमा आगो सल्केपछि उनकी बुहारी लक्ष्मी साठीघरे घरभित्र रहेकी दुई वर्षकी छोरी निकाल्न जाँदा उनी आफैँ आगोले घाइते भइन् ।

लक्ष्मीको अनुहारलगायत विभिन्न भागमा आगोले पोलेको छ । घाइते दलबहादुर र लक्ष्मीको रामपुर अस्पतालको सहयोगमा निःशुल्क उपचार गरिएको छ । आगोले जलेर घरबारविहीन हुँदा कसरी जीवन जिउने चिन्ताले सताएको जानुमाया साठीघरेले गुनासो पोखिन् । ‘घरदेखि पारि जङ्गलमा बाख्रा चराउने क्रममा एक्कासि गाउँमा धुवाँसहित आगोको मुस्लो देखेपछि दौडिएर आउँदा घर पूरै जलिरहेको अवस्थामा देखेँ, आफूलाई कतै सपनाबाट ब्युँझिएछु जस्तो लाग्यो, आँखैले देख्दा–देख्दै घर सबै डढेर सकियो, शरीरमा लगाएको एकसरो लुगाबाहेक साथमा केही छैन’, उनले दुखेसो पोखिन् ।

परिवारका सदस्य जङ्गलतिर बाख्रा चराउन गएको हुँदा मानवीय क्षति हुन भने पाएन । घरमा सल्केको आगो स्थानीय र प्रहरीले निभाउने प्रयास गरे पनि निभाउन नसकेपछि दलबहादुरको घरबाट सल्केको आगो छिमेकी ऐतराम साठी घरे, भिमीसरा साठी घरे र लोकबहादुर साठीघरेको घरमा लागेर ध्वस्त भएको छ । मंगलबार अपराह्न करिब ३ बजेको समयमा आगो गाउँमा लाग्न थालेको स्थानीयवासीले बताएका छन् ।

मधुकोटका दलबहादुर साठी घरे, ऐतराम साठी घरे र भिमिसरा साठीघरेको तीन तले जस्तापाताले छाएको घर तथा लोकबहादुर साठीघरेको घर ९खरले छाएको दुई तले० पूर्ण रूपमा जलेर नष्ट भएको छ । स्थानीयवासीका अनुसार सात बाख्रा र एक बङ्गुर मरेका छन् । घर जलेर विस्थापित परिवारमध्ये केही परिवारलाई आफन्त कहाँ र केही अहिले गाउँमै रहेको सिद्ध प्राथमिक विद्यालय, स्थानीय आमा समूहको भवनमा सुरक्षित साथ राखिएको वडाध्यक्ष डिलबहादुर रानाले जानकारी दिए । चारैतिर जंगल बीचमा बस्ती भएकाले आगो नियन्त्रणमा ल्याउन कठिनाइ थियो । स्थानीय, प्रहरी र नेपाली सेनाको टोलीको अथक प्रयासले लामो समयपश्चात् गए राति ९ बजे गाउँमा लागेको आगो नियन्त्रणमा आएको हो । जङ्गलमा लागेको आगो भने अझै पनि नियन्त्रणमा आउन सकेको छैन ।

दुःखले बनाएको घर बस्नै नमिल्ने गरी डढेर सखापै बनाएपछि परिवारको बिचल्ली भएको ६९ वर्षीय ऐतुराम बताउछन् । उनको हाल चार जनाको परिवार बसोबास गरिरहेको तीन तले जस्तापाताले छाएको घर पूरै क्षति भएको छ । उनी भन्छन्, ‘छिमेकी दलबहादुरको घरसँगै जोडिएकाले आगोबाट बचाउन सकिएन, घरमा भएका अन्नपात, लत्ताकपडा, सरसामान डढेर खरानी भएको छ, बुहारी नातिनातिना लिएर कसरी कहाँ बसेर जीवन बिताउने हो रु हामीलाई स्थानीय सरकारबाट गाँसबासको व्यवस्था मिलाइदिनुपर्यो ।’

क्षतिको विस्तृत विवरण सङ्कलन गरेर पीडित परिवारलाई नगरपालिका कार्यालयबाट आवश्यक सहयोग गरिने नगर प्रमुख रमणबहादुर थापाले बताए । ‘नगरपालिकाको दुर्गम ठाउँ चारैतिर जङ्गलको बीचमा बस्ती छ, एक्कासि आगो लागेपछि गाउँमा ठूलो क्षति पुगेको छ, दिउँसोको समय भएकाले मानवीय क्षति हुनबाट जोगियो, घटनाको अवस्था हेर्दा विकराल छ, नगरपालिका कार्यालयबाट पीडित परिवारलाई आवश्यक सहयोग गर्नेछौँ’, नगर प्रमुख थापाले भने ।

जङ्गलमा आगो कसले लगायो भन्नेबारे खुलेको छैन । सोका बारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ । मधुकोट गाउँमा अहिले करिब १६ घरपरिवारको बसोबास छ । खडेरीयाम भएकाले पनि आगो लाग्ने बित्तिकै निभाउन पानी पर्याप्त नहुँदा समस्या परेको आगो नियन्त्रणमा जुटेका स्थानीयले बताएका छन् । अग्नि पीडितलाई लायन्स क्लब अफ रामपुरले खाद्यान्न सामग्री बुधवार पीडितलाई वितरण गरेको छ ।

Previous Post

नेपालगञ्जबाट पेस्तोलसहित एक जना पक्राउ

Next Post

माओवादीबाट एमाले पस्नेमा अब लेखराज भट्ट मात्र काण्डमा जोगिन बाँकी

सम्बन्धित खबर

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै
आर्थिक

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

१६ चैत्र २०८२,
युरोपको कडा आप्रवासन मोड
अन्तर्राष्ट्रिय

युरोपको कडा आप्रवासन मोड

१६ चैत्र २०८२,
सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु
आवाज

सूर्योदयमा ‘विद्यार्थीलाई कामको संसार चिनाउने’ कार्यक्रम सुरु

१६ चैत्र २०८२,
खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन
समाचार

खाता रोक्काले लहान नगरपालिका ठप्प: कर्मचारी र शिक्षक चार महिनादेखि तलबविहीन

१६ चैत्र २०८२,
गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’
समाचार

गिरफ्तारीको तयारीबारे महेश बस्नेतले भने -‘आन्दोलन कमजोर पार्न राजनीतिक षड्यन्त्र’

१६ चैत्र २०८२,
मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो
समाचार

मल्कवाङमा विद्युतीकरण नागरिकको मुहार उज्यालो

१६ चैत्र २०८२,
Load More
Next Post
माओवादीबाट एमाले पस्नेमा अब लेखराज भट्ट मात्र काण्डमा जोगिन बाँकी

माओवादीबाट एमाले पस्नेमा अब लेखराज भट्ट मात्र काण्डमा जोगिन बाँकी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In