स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणीः
स्मृतिले चारैतिर चक्कर काटेर अशान्ति पार्छ, त्यहाँ जानु, उसित दर्शनभेट गर्न दिनु भन्ने ख्याल आएर उच्चाटन गर्छ । यो गर्नु त्यो गर्नु, त्यो ठाउँ देख्नु त्यहाँ त्यस्तो थियो उहाँ कस्तो होला भन्ने इच्छा कल्पना आएर एकाग्रता भङ्ग गर्छन् ।
यी सबै मनका चालाकी र कमजोरी हुन् यिनीहरूलाई एकान्तवास गुरुआज्ञा श्वास दर्शन, सन्तोष र वैराग्यको बलले जितेर आपूmले आपैmमा एक्लै हुन सिक्नुपर्छ, सक्नुपर्छ ।
अज्ञान र अक्षमतालाई वहाना बनाउनु मूढता र कायरता हो ।
लोभ, मोह, स्वार्थको संस्कार नै कमजोरी, चालाकी र बहाना बनाउने तरिका हो । यसलाई पर फेक्नै पर्छ, उपेक्षा गर्नै पर्छ । यस्तो गर्न हुन नसके अशान्ति, भ्रान्तिपूर्ण जीवन लालसा, तृष्णा र आशाको प्रवाह आइरहनेछ । तुरुन्त त्याग यसै क्षण छोडिदेऊ, तिमी मुक्त होऊ, तिम्रो चाह नै बन्धन हो ।
आलश्य नगरिकन आयामका साथ श्वास–प्रश्वास हेर्नु प्रातः मध्याह्न, सायं, रात्रि (सबै समय) बस्दा, उठ्दा, बोल्दा, हिँड्दा, पढ्दा, हाँस्दा, हेर्दा, सुन्दा, सुत्दा, विचारका निरीक्षणमा पश्यन्तिको अभ्यास रहनुपर्छ, यो अभ्यास एकान्तमा शान्त रही गर्नुपर्छ । पौरुष प्रयत्न जसलाई क्ष्लकतबलत अजबलनभ यच चबमष्अब िअजबलनभ यच तचबलकायचmबतष्यल भन्ने गरिन्छ ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट












