काठमाडौं । नेपालका लागि अमेरिका र चिनियाँ राजदूतबीच भेटवार्ता भएको छ ।
नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच मंगलबार भेटवार्ता भएको हो।
भेटको तस्वीर राख्दै दुवै राजदूतले नेपालको विकासमा सहयोग गर्नेबारे एक अर्काका योजनाको तुलना गरेको उल्लेख गरेका छन् ।
नेपालका भेरी(बबई डाइभर्सनलगायत केही परियोजना चिनियाँ ठेकेदार र अमेरिकी प्रविधिको प्रयोग भइरहेको छ। सो परियोजनाका बारेमा दुई राजदूतबीच छलफल भएको जनाइएको छ ।













