• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, March 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री

    नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शरणार्थी प्रकरणले राष्ट्रलाई नै लज्जित बनायोः सांसद केसी

by
२५ बैशाख २०८०,
0
शरणार्थी प्रकरणले राष्ट्रलाई नै लज्जित बनायोः सांसद केसी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदले अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन गरिनुपर्ने माग राखेका छन् ।

सांसद अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी काण्डले राष्ट्रलाई नै लज्जित बनाएको उल्लेख गर्दै यसमा मुछिएका सबै व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिए । उनले यस विषयबारे अध्ययन गर्नका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरे ।

‘जो, जहाँ, जुनसुकै पदमा भए पनि गम्भीर छानबिन गरी कारबाही गरिनुपर्छ । विभिन्न देशमा पूर्वप्रधानमन्त्रीसमेत विभिन्न प्रकरणमा परेर कारबाही भएका उदाहरण छन्’, सांसद केसीले भने, ‘यो प्रकरणबारे भूतपूर्व प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरिनुपर्छ ।’

सांसद असीम शाहले पनि नक्कली भुटानी शरणार्थी प्रकरणलाई गम्भीररुपमा छानबिन आवश्यक रहेको बताए । सांसद चित्रबहादुर केसीले राज्यसत्ताका महत्वपूर्ण ठाउँमा बसेका नै यो प्रकरणमा मुछिएको भन्दै संसद्ले यो विषयलाई गम्भीररुपमा लिनुपर्ने बताए । यो प्रकरणलाई मोडेर विषयान्तर हुन खोजेकोबारे पनि सांसद केसीले संसद्को ध्यानाकर्षण गराए ।

‘कुनै नयाँ काण्ड आउँछन् र त्यसपछि फेरि विषय अर्कोतर्फ मोडिन्छ । त्यसकारण यो काण्डबारे दूधको दूध पानीको पानी हुनेगरी छानबिन गरिनुपर्छ । यो विषय टुङ्ग्याएर मात्र संसद्ले आफ्ना काम अगाडि बढाउनुपर्छ’, उनले भने । आजको बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले हात्ती आतङ्कको विषय उठाएका थिए । बारा जिल्लामा करिब एक हप्तादेखि हात्ती आतङ्क चलिरहेकाले त्यसलाई नियन्त्रण गरिनुपर्नेमा उनले संसदमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।

सांसद अञ्जनी श्रेष्ठले चितवनका व्यवसायी शङ्कर कँडेलको आत्महत्याबारे गम्भीररुपले छानबिन हुन नसकेको विषय उठाएका थिए । त्यस्तै सांसद अनिता देवीले स्यानिटरी प्याडको मूल्य महँगो भएको भन्दै यसमा शून्य करको व्यवस्था गरिनुपर्ने धारणा राखिन् । ‘स्यानिटरी प्याड विलासिताको वस्तु नभएर आधारभूत आवश्यकताको वस्तु हो । यसकारण स्यानिटरी प्याडमा अहिले लागिरहेको सबै कर हटाएर शून्य करको व्यवस्था गरिनुपर्छ’, उनले भनिन् ।

सांसद अनिसा नेपाली र आस्माकुमारी चौधरीले कृषि क्षेत्रलाई सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटको प्राथमिकतामा राख्नुपर्ने बताए । अहिले बजारमा भारतीय तरकारी छ्याप्छ्याप्ती रहेको तर नेपाली उत्पादनले बजार नपाएको उल्लेख गर्दै सांसद नेपालीले आन्तरिक उत्पादन बढाउन र बजार खोज्नका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।

सांसद आस्माकुमारी चौधरीले कृषि क्षेत्रलाई बढावा दिन जल, मल, बीउ, विषादी समयमै उपलब्ध गराउन आवश्यक रहेको बताइन् । त्यस्तै भूमिहीन सुकुम्बासीका समस्यालाई पनि सरकारलाई गम्भीररुपमा लिनुपर्ने उनको भनाइ छ । सांसद अमृतलाल राजवंशीले पनि अव्यवस्थित बसोबास र सुकुम्बासीको समस्या आजको संसद्मा उठाएका छन् ।

सांसद अम्मरबहादुर रायमाझीले अहिले स्वास्थ्य सेवा निकै महँगो भएको धारणा राख्दै सबै नागरिकलाई स्वास्थ्यमा सहज पहुँचका लागि सरकारले पहल गर्नुपर्ने बताए । त्यस्तै कटारी अस्पताललाई ५० शैंयाको सुविधासम्पन्न अस्पताल बनाउन पनि उनले माग राखे । सांसद ईश्वरी घर्तीले सबै जनप्रतिनिधि र सरकारी कर्मचारीले आफ्ना छोराछोरी अनिवार्यरुपमा सरकारी विद्यालयमा भर्ना गरिनुपर्ने व्यवस्था गरिनुपर्ने बताइन् । सङ्घीय शिक्षा ऐन बन्न नसक्दा शिक्षा क्षेत्रको गुणस्तर थप खस्किँदै गएकोबारे पनि उनले संसद्को ध्यानाकर्षण गराइन् ।

राष्ट्रिय गौरवको हुलाकी सडक आयोजनाको काम अलपत्र परेकोबारे सांसद ऋषिकेश पोखरेलले संसद्मा कुरा उठाएका छन् । सांसद ऐनबहादुर शाही ठकुरीले हिमाली जिल्लामा यार्सागुम्बा सङ्कलन गर्नेक्रममा मुगु जिल्लामा हिमपहिरोमा परी केही व्यक्ति हराइरहेकाले ती व्यक्तिको खोजबिन गरिनुपर्ने र थप दुर्घटना हुन नदिन विपद् व्यवस्थापन तथा पूर्वतयारीका विषयलाई सरकारले गम्भीररुपले लिनुपर्ने बताए ।

आजको संसद्मा सांसद गणेश पराजुलीले काठमाडौँ उपत्यकाको खानेपानी व्यवस्थापनका चुनौतीको विषय संसद्मा उठाएका थिए भने सांसद गङ्गा कार्कीले दोलखाको तामाकोशी पुल जीर्ण भइसकेकाले उक्त पुल जीर्णोद्धार गरिनुपर्ने माग राखे । सांसद चन्दा कार्की भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा सूर्तीजन्य वस्तुमा कर बढाएर ४० देखि ५० प्रतिशत हाराहारी पुर्‍याउनुपर्ने बताइन् ।

Previous Post

ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दाबासिनी कंसाकार बनिन् सांसद

Next Post

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र भियतनामका पूर्वगृहमन्त्रीबीच भेटवार्ता

सम्बन्धित खबर

आज १२३ दलका प्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री
आर्थिक

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

२ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण
आर्थिक

प्रधानमन्त्रीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण

२ चैत्र २०८२,
प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट
आवाज

प्रधानसेनापतिसँग लेफ्टिनेन्ट जनरलको भेट

२ चैत्र २०८२,
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
आर्थिक

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

२ चैत्र २०८२,
क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”
आवाज

क्वीन्सल्याण्ड मन्त्री फियोना सिम्पसनद्वारा नेपाली क्रिकेट खेलाडीलाई प्रेरणा: “सपना निर्माण गर्दै अगाडि बढ्नुहोस्”

२ चैत्र २०८२,
प्राकृतिक उपचारका लागि सिंगा तातोपानी
आर्थिक

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

२ चैत्र २०८२,
Load More
Next Post
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र भियतनामका पूर्वगृहमन्त्रीबीच भेटवार्ता

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना र भियतनामका पूर्वगृहमन्त्रीबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In