काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले राजस्थान रोयल्समाथि ४ विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा राजस्थानले दिएको २१५ रनको लक्ष्य पछाएको सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
सनराइजर्सको जितमा अभिषेक शर्माले सर्बाधिक ५५ रन बनाए भने राहुल त्रिपाठीले ४७, अनमोलप्रित सिंहले ३३ रन बनाएका थिए ।
त्यस्तै हेइनरिच क्लासेनले २६, ग्लेन फिलिपले २५ र अब्दुल सामदले १७ रन बनाएका थिए ।
त्यसैगरी राजस्थानका युजवेन्द्र चहलले सर्बाधिक ४ विकेट लिए भने कुलदिप यादव र आर आश्विनले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले जोस बटलरको ९५, कप्तान सन्जु सामसनको ६६ रनको मद्दतले २० ओभरमा २ विकेट गुमाएर २१४ रन बनाएको थियो ।
यो जितपछि सनराइजर्सले १० खेलमा चौथो जित हासिल गरेको छ । सनराइजर्स ८ अंकसहित नवौं स्थानमा उक्लिएको छ । त्यसति राजस्थान रोयल्सले भने आफ्नो छैटौं हार बेहोरेको छ । राजस्थानको ११ खेलमा ५ जितसहित १० अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।













