• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, March 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

लोपोन्मुख हुँदै घाटु नाच

by
२४ बैशाख २०८०,
0
लोपोन्मुख हुँदै घाटु नाच
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

“पहिला–पहिला हरेक टोलमा घाटु नचाइन्थ्यो, अहिले अवस्था बदलिएको छ । नयाँ पुस्ताको चासो कम छ”, तनहुँको भानु नगरपालिका–१३ रयालेका गलबहादुर गुरुङले भन्नुभयो, “अहिले कतै–कतैमात्रै घाटु नचाएको पाइन्छ ।” बदलिँदो अवस्थाअनुसार नयाँ पुस्तामा संस्कृतिप्रति कम चासो भएकाले घाटु लोप हुँदै गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पहिला–पहिला घाटु नचाउँदा निकै उल्लासपूर्ण अवस्था हुन्थ्यो, अहिले त संरक्षणका लागि मात्रै भनेर घाटु नचाउने गरेको पाइएको छ ।” उहाँले आजभोलि कहीँकतैमात्रै घाटु नचाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“अहिलेका पुस्तामा केही कुराको मतलब छैन । पहिला जुन उत्साह थियो, अहिले त्यो छैन । हरेक टोलमा घाटु अनिवार्य थियो तर अहिले संरक्षण गरौँ भन्ने भावनाले मात्र घाटु नचाउने परम्परा बस्न थाल्यो ।” आँबुखैरेनी गाउँपालिका–५ स्थित भोटेश्वारामा घाटु लोपोन्मुख अवस्थामा पुगिसकेको छ । पन्ध्र वर्ष अगाडिसम्म घाटु नचाउने गरिए पनि त्यसयता घाटु नचाउन छाडिएको छ । तर गाउँका केही युवाको सक्रियतामा १५ वर्षपछि पुनः घाटु नाच प्रदर्शन गरिएको छ । स्थानीय रञ्जित गुरुङ र सूर्यमानसिंह गुरुङको सक्रियतामा लोप हुँदै गएको घाटुको संरक्षणका लागि घाटु नाच सुरु गरिएको हो । बुद्ध जयन्तीको अवसर पारेर घाटु नाच पुनः सुरु गरिएको स्थानीयवासी सूर्यमानसिंह गुरुङले जानकारी दिनुभयो । “पछिल्लो समय घाटु नाच लोप हुँदै गइरहेको छ, गुरुङ समुदायमा प्रख्यात रहेको यो नाच संरक्षण गर्नुपर्छ भन्ने उद्देश्य राखेर हामी लागिपरेका छौँ”, उहाँले भन्नुभयो, “घाटु नाचको संरक्षण गर्दै भावी पुस्तालाई यसबारेमा जानकारी प्रदान गर्ने लक्ष्य हो ।” स्थानीय रञ्जित गुरुङले घाटु नाचबारे आवश्यक जानकारी सिकेपछि १५ वर्षको अन्तरालमा पहिलोपटक यो नाच प्रदर्शन गरिएको हो । “लामो समयदेखि यो नाच निरन्तरता हुन सकेन, घाटु नाच नचाउने गुरुबा नभएका कारण पनि यसलाई निरन्तरता दिन सकेनौँ”, उहाँले भन्नुभयो । घाटु नाच्नका स्थानीय तीन कन्या छनोट गरिएको छ । उनीहरूलाई तीन–चार दिन नाच्नसिकाइएको थियो । “अहिलेका पुस्तालाई यसबारेमा जानकारी नै छैन, कन्यालाई पनि नचाउनुअघि सबै कुरा सिकाइसकेका छौँ”, उहाँले भन्नुभयो । गुरुङ सस्कृतिअनुसार माघ महिनामा वसन्त पञ्चमीबाट सुरु भएको घाटु नाच वैशाख पूर्णिमापछिको पञ्चमीमा समापन गरिन्छ । सति र बाह्रमासे गरी घाँटु नाच दुई प्रकारको हुन्छ । सतिघाँटु श्रीपञ्चमीमा सुरु भई वैशाख पूर्णिमामा अन्त्य गरिन्छ भने बाह्रमासे घाटु जुन बेला पनि नाच्ने गरिन्छ । गुरुङ समुदायको ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाँटु नृत्य पनि ठाउँअनुसार फरक–फरक पाइए पनि सबै ठाउँमा नाचिने घाटुको कथा भने एउटै हुने बताइन्छ । घाटुमा नाच्नका लागि घाटुकी कन्या कथाको विषयवस्तुअनुसार आवश्यक सङ्ख्यामा छानिन्छ । उनीहरूलाई घाटु नाच्नुअघि अक्षताले इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुली आदिको पूजा गरेपछि घाटु नाच्ने कन्याको आँखा बन्द हुने गर्दछ । यसलाई देवी चढेको मानिन्छ । कन्याको आँखा बन्द नभएसम्म देवीको नाम जप्नुपर्छ । देवीले पत्याएपछि घाटु सुरु गरिन्छ । घाटु नाचको सुरुआत मङ्गल चरणबाट गरिन्छ । इष्टदेवीहरूको साथमा आमा, धर्ती र आकाशलाई साक्षी राखिन्छ । घाटु नृत्यमा वाद्य र साज शृङ्गारभन्दा पनि कारुणिक कथाको व्याख्या गरिएको हुन्छ । कारुणिक र हृदयविदारक गीत गाएर शोकाकुल अवस्था सिर्जना हँुदा गाउने कलाकार र दर्शकसमेत धुरुधुरु रोएको पाइन्छ । सतिघाटुमा गुरुबाले गीतबाटै मङ्गलचरण गरी घाटु देवता जगाउने, घाटुली चयन, शृङ्गार गर्ने, नृत्यकला सिकाउने सति ढलाउने सति जगाउने काम गर्छन् । सत्रौँ शताब्दीदेखि घाटु नृत्यको प्रारम्भ भएको मानिन्छ । यस नृत्यमा रजस्वला नभएका कन्यालाई स्थानीय वेषभूषामा सजाइ मध्ययुगीन राजा परशुराम र रानी आम्पावतीको प्रतीकका रूपमा घाटु नृत्यको प्रारम्भ गरिन्छ । सदियौँदेखि पुरानो सांस्कृतिक नाच भए पनि पछिल्लो पुस्ताको चासो नहुनु र पुरानो पुस्ता सकिँदै जाँदा लोप हँुदै गएकाले यसलाई जोगाउने प्रयास गरिएको रञ्जित गुरुङले जानकारी दिनुभयो ।

Previous Post

सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील : प्रधानमन्त्री

Next Post

चीनले देशको गरिबी देखाउने भिडियो हटाउँदै

सम्बन्धित खबर

सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
फिचर-ब्यानर

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा
आवाज

नवनियुक्त प्रधानमन्त्री शाह बालुवाटारमा

१३ चैत्र २०८२,
खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म
आवाज

खडकराज (गनेस) पौडेलः लेखकदेखि पर्यटनमन्त्रीसम्म

१३ चैत्र २०८२,
नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण
फिचर-ब्यानर

नवनियुक्त प्रधानमन्त्री शाहबाट शपथ ग्रहण

१३ चैत्र २०८२,
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

नवनियुक्त प्रधानमन्त्री शाहको जीवनी

१३ चैत्र २०८२,
चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व
फिचर-ब्यानर

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

१३ चैत्र २०८२,
Load More
Next Post
चीनको तियान्जिनमा मे महिनामा सातौं विश्व इनटेलजेन्स सम्मेलन हुने

चीनले देशको गरिबी देखाउने भिडियो हटाउँदै

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In