धेरै मानिसले नाकभित्र रौँ आउनुलाई नराम्रो भनी उखेल्ने वा काट्ने गर्छन् । कतिपय अरुको नाकको रौँ देखियो भनेर खिज्याउने जिस्काउने पनि गरेको पाइन्छ तर सबैलाई थाहा नहुन सक्छ कि नाकभित्रको रौंले के काम गर्छ भनेर ?
मानिसहरूले यस्ता रौँहरू चिमोटेर वा कैँचीको सहायताले उखलिरहेका हुन्छन् । नाकको रौँ उखेल्दा घाउ हुनुका साथै संक्रमण पनि हुने हुँदा त्यस्तो कदापि गर्नु हुँदैन ।
नाकको रौँले तपाईंलाई स्वस्थ राख्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तपाईंले फेर्ने श्वासमा यसले फिल्टरको काम गरेको हुन्छ । हामीले फेर्ने श्वासमा आएका कणहरूलाई नाकमा पलाएका यस्ता रौँहरूले छेकिदिन्छन् अर्थात् हावालाई फिल्टर गरेर भित्र पठाउँछन् ।
हाम्रो मुख र नाकको बीचमा अनुहारमा त्रिकोणीय आकारको क्षेत्र हुन्छ, यसले मस्तिष्कलाई काम गर्न मद्दत गर्छ । नाकबाट रगत निकाल्ने नसाले मस्तिष्कबाट रगत लिने नसाहरूसँग मिलेर काम गरिरहेका हुन्छन् । जब नाकको रौँ उखेलिन्छ तब कीटाणुहरू मस्तिष्कमा पुग्न सक्छन् ।












