• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, March 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार

    साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

    जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज

    ‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

    कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

    कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    राष्ट्रिय सुरक्षा तालिम सुरु

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

‘लग्जम्बर्गजस्तै बेथानचोक’

by
२३ बैशाख २०८०,
0
‘लग्जम्बर्गजस्तै बेथानचोक’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लग्जम्बर्गका सामाजिक विकास सहयोग एवं मानवीय मामिलामन्त्री फ्रन्ज फयोट शुक्रबार बेथानचोक गाउँपालिका पुग्नुभयो । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोकको परिवेश र स्थानीय बालीनाली देखेर उहाँलाई लग्जम्बर्गको कुनै भूगोलमै छु झैँ लाग्यो । गाउँपालिकाको प्राङ्गणमा ग्रामीण विकास महिला तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेडका पदाधिकारी एवं स्थानीयसँगको एक भेटमा सोध्नुभयो, “नमस्कार, बेथानचोक आराम हुनुहुन्छ ?” उपस्थित सबैले आराम छौँ, अनि तपाईँ ? भन्नेबित्तिकै फयोटले भन्नुभयो, “मेरो नाम फ्रन्ज फयोट हो, मलाई बेथानचोक र लग्जम्बर्ग उस्तै लाग्यो ।” कार्यक्रममा बोल्ने क्रममा बेथानचोक जाँदाको छोटो अनुभव सुनाउँदै मन्त्री फयोटले भन्नुभयो, “यता आइरहँदा बाटोमा देखेको आलुखेती, यहाँको रूखबिरुवा देख्दा म लग्जम्बर्गमै छु झैँ लाग्यो, लग्जम्बर्गको मुख्य उत्पादन पनि आलु नै हो, बेथानचोकमा पनि आलु धेरै उत्पादन हुँदोरहेछ ।” उहाँले यत्ति भनिरहँदा स्थानीय खुसीले गदगद् देखिन्थे । दोभासेमार्फत यी कुरा सुन्दा स्थानीय खुसी हुँदै मन्त्री फयोटलाई तालीले अभिनन्दन गरिरहन्थे ।

स्थानीय ग्रामीण विकास संस्था (एआरडी)सँगको सहकार्यमा गाउँपालिकासँग मिलेर लग्जम्बर्गको एइआइएन लक्जम्बर्ग नामक संस्थाले बेथानचोकमा सञ्चालन गर्दै आइरहेका विभिन्न परियोजनामध्ये तरकारी उत्पादन तथा बजारीकरणको जानकारी लिन फयोट यहाँ पुग्नुभएको हो । लग्जम्बर्गले बेथानचोकमा जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारीका माध्यमबाट कृषि तथा फलफूल उत्पादन एवं बजारीकरणमा सहयोग पु¥याउँदै आइरहेको छ । संस्थाका अध्यक्ष विमला अधिकारीले तरकारी ढुवानीका लागि एइआइएन लक्जम्बर्गबाट रु २५ लाख ८० हजार सहयोग प्राप्त भएको र उक्त रकमबाट सवारी साधन खरिद गरिएसँगै बजारीकणका लागि सहज भएको जानकारी गराउनुभयो । स्थानीयले बेथानचोकमै एउटा शीतभण्डार (कोल्डस्टोर) भए सहज हुने अपेक्षात्मक भनाइलाई मन्त्री फयोटले बेथानचोकका गाउँबस्तीमा बाटो निर्माणको चरणमा रहेकाले अबका केही महिनामा यहाँको कृषि उपज सहजै केन्द्रीय राजधानी काठमाडौँसम्मै लैजान सकिने भएकाले अन्य आवश्यकता बताउन आग्रह गर्नुभयो ।

मन्त्री फयोटले भन्नुभयो, “आवश्यकताका बारेमा गाउँपालिका (स्थानीय सरकार)सँग सहकार्य गर्न सकिन्छ, भर्खरै सहकारीको प्रतिवेदन सुनेँ, चार सय १४ जनाबाट सुरु भएको सदस्य सङ्ख्या एक हजार सात पुगेछ, यो नै समृद्धिको बाटो ठान्नुस्, यसरी नै एक दिन बेथानचोक पनि मिनी लग्जम्बर्ग बन्ने छ ।” करेसाबारी, व्यावसायकि खेती प्रणाली, कृषि तथा पशुपालन नै बेथानचोकको ‘समृद्धि’ हुने मन्त्री फयोटको भनाइ थियो । “तपाईँ हामी मिलेर बेथानचोकलाई मिनी लग्जम्बर्ग बनाउनुपर्छ, हुन्छ नि ?” उहाँको प्रश्नमा सबैको एउटै उत्तर आउँछ ‘हुन्छ नि !’ गाउँपालिकाको प्राङ्गणमा केहीबेर स्थानीयसँगको साक्षात्कारपछि मन्त्री फयोटसहितको एक समूहले कामीडाँडास्थित ग्रामीण विकास संस्थासँगको सहकार्यमा एइआइएन लक्जम्बर्गको रु एक करोड १५ लाखको सहयोगमा निर्माण भएको कपेर महाँकाल आधारभूत विद्यालयको भवन निरीक्षण गरेको थियो ।

विद्यालय जाने क्रममा मन्त्री फयोटले किसानको भकारो सुधार, करेसाबारी, व्यावसायिक खेती, कृषि तथा पशुपालनको निरीक्षणसमेत गर्नुभयो । मन्त्रीसहित लग्जम्बर्गकोको टोली कामीडाँडा पुग्दा स्थानीयले झाँकीसहित विद्यार्थी, अभिभावक, स्थानीय जनप्रतिनिधिलगायतले स्वागत गरेका थिए । उक्त अवसरमा नवनिर्मित भवनको अवलोकन गर्दै उहाँले गुणस्तरीय संरचना बन्न सके बालबालिकाको सिकाइ उपलब्धिमा सुधार आउने र समाज दीर्घकालीन विकासको बाटोमा लम्किने बताउनुभयो । फयोटले त्यहाँ पनि भन्नुभयो, “बेथानचोक मिनी लग्जम्बर्ग बन्न सक्छ ।” कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बेथानचोकको जलवायु अनुकूलन, विद्यालय भवन निर्माण, सहकारी व्यवस्थापनका माध्यमबाट कृषि तथा फलफूल उत्पादन तथा बजारीकरण, भकारो सुधारलगायतका गतिविधिमा लग्जम्बर्गले पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पर्यटन, सडक सञ्जालीकरण, शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा बेथानचोक गाउँपालिका क्रियाशील रहेको भन्दै अध्यक्ष अधिकारीले दातृ निकायसँग पनि थप सहकार्य हुँदै जाने अपेक्षा रहेको बताउनुभयो ।

Previous Post

पाकिस्तानमा शिया शिक्षकहरूको लक्षित गरी हत्या भएको विरोधमा श्रीनगरमा विरोध प्रदर्शन

Next Post

सात वर्षमा ३० बाघ मरे

सम्बन्धित खबर

सर्वोच्चमा जलेका दश हजार बढी मुद्दाका मिसिल तयार
आवाज

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

१ चैत्र २०८२,
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
आर्थिक

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट

१ चैत्र २०८२,
जेनजी आन्दोलन : ३४ जनाको मृत्यु, ९४९ जनालाई डिस्चार्ज
जीवन शैली

‘जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’

१ चैत्र २०८२,
कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो
आर्थिक

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस

१ चैत्र २०८२,
राष्ट्रिय सुरक्षा तालिम सुरु
आवाज

राष्ट्रिय सुरक्षा तालिम सुरु

१ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त
आवाज

प्रधानमन्त्रीद्वारा समवेदना व्यक्त

१ चैत्र २०८२,
Load More
Next Post
धनगढीमा बाघ देखिएपछि स्थानीयवासी त्रसित

सात वर्षमा ३० बाघ मरे

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In