दुनियामा कस्ता अद्भूत मान्छे हुन्छन् ! मान्छे निद्रामा बर्बराउने तथा हिँड्ने गरेको कुरा त थाहा होला नि ! तर यहाँ त एक जना अनौठो बानीका मान्छे फेला परेका छन्, निदाएको बेलामा चित्र कोर्ने ।
ली हाडविन नामका एक जना चित्रकारले निद्रामा चित्र कोर्ने कलाकारको उपाधि पाएका थिए । ती व्यक्ति सन् २०१३ बेलायतको एक कला समारोहाम आकर्षणको केन्द्र बनेका थिए । लण्डनमा आयोजना भएको त्यस अनौठो कला प्रदर्शनीमा निद्रामा चित्र कोर्ने कलाकार ली हाडविनले निद्रामै बनाएका विभिन्न खाले चित्र ता पेन्टिङका साथै निद्राको समयमा उनका गतिविधि समेटिएका भिडियो समेत सार्वजनिक गरिएको थियो ।
समारोहमा बताइए अनुसार, हाडविनले ४ वर्षको उमेरदेखि नै निद्रामा चित्र कोर्ने लगायतका काम गर्न थालेका थिए । अनौठो कुरा त के बताइएको थियो भने उनले ब्युँझिएको बेला त्यस्ता चित्र रेखा समेत कोर्न सक्दैनन् तर जब उनी मस्त निदाएका हुन्छन् थाहै नपाई उनी उठ्छन् र अनौठा आकर्षक चित्र बनाउन थाल्छन् ।
साभार ः ‘रोचक तथ्य’ पुस्तकबाट













