• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

    टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी

    चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

    सुनको मूल्य घट्यो

    सुनचाँदीकोे मूल्य आज पनि घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

शिविरमा पोखराका एक सय ३० सञ्चारकर्मीले लिए दाँतको उपचार सेवा

by
२१ बैशाख २०८०,
0
शिविरमा पोखराका एक सय ३० सञ्चारकर्मीले लिए दाँतको उपचार सेवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा,२० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखामा बुधबार आयोजना गरिएको दन्त शिविरमा एक सय ३० जना सञ्चारकर्मीले उपचार सेवा लिएका छन् । महासङ्घ कास्की शाखा र स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले पत्रकारहरुका लागि संयुक्त शिविर आयोजना गरेको हो ।

शिविरमा एक सय ३० जनाको दाँतको परीक्षण गरिएकामा १४ जनाको दाँतको एक्सरे, २७ जनाको दाँत सफा,४३ जनाले दाँत भर्ने, तीन जनाको दाँतको जरैदेखी उपचार र एक जनाले दाँत निकाल्ने सेवा लिएका छन् । पहिलो दिन नाम दर्ता गरेर परीक्षण गरेकाहरुलाई बिहीबार पनि अन्य उपचार सेवा प्रदान गरिने महासङ्घले जनाएको छ । दन्त शिविर उद्घाटन कार्यक्रममा अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेलले दन्त उपचार सेवाबाट सञ्चारकर्मीहरुले प्रत्यक्ष लाभ लिने बताउनुभयो ।

उहाँले पत्रकारहरु जहिलेपनि व्यस्ततामा रहेपनि आफ्नो स्वास्थ्यका बारेमा समेत सदैव चनाखो र सचेत बन्नुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकारले प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न पौडेलले आग्रह गर्नुभयो । सञ्चारकर्मीहरुको दाँत र मुख स्वास्थ्यलाई मध्यनजर गरेर शिविर सञ्चालन गरिएको महासङ्घका अध्यक्ष विमला भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो,“दाँत र मुखको स्वास्थ्य धेरै महत्वपूर्ण छ । स्वयमं सञ्चारकर्मी समेत यसतर्फ ध्यान नदिएका हुन सक्छौँ । यसबाट आम जनतालाई मुख स्वास्थ्यप्रति सचेत हुन सन्देश दिन र पत्रकारहरुलाई उपचारमा सहजताका लागि नेलम्बोसँगको सहकार्यमा आयोजना गरेको शिविर प्रभावकारी भयो ।” अध्यक्ष भण्डारीले आगामी दिनमा समेत विभिन्न रचनात्मक कार्यक्रम अघि बढाइने प्रतिवद्धता जनाउनुभयो ।

नेलम्बो नेपालका कार्यकारी अध्यक्ष एकदेव देवकोटाले पत्रकार महासङ्घसँग मिलेर काम गर्दा खुशी लागेको बताउनुभयो । मुख स्वास्थ्यका बारेमा दुरदराजका नागरिकहरुलाई सही सूचना र सन्देश शम्प्रेसण गर्ने दायित्व सञ्चारकर्मीको रहेको उहाँले बताउनुभयो ।

“नेलम्बो नेपालले गण्डकी प्रदेशका विकट र दुर्गम गाउँहरुमा पुगेर निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ । त्यहाँ जनतालाई स्वास्थ्य सम्बन्धी सही सूचना दिने दायित्व सञ्चारकर्मीको हो,त्यसतर्फ ध्यान दिनुहोला ।” अध्यक्ष देवकोटाले भन्नुभयो ।

शिविरमा दन्त परीक्षण, एक्सरे, दाँत निकाल्ने, सफा गर्ने, दाँतको जरै देखि उपचार, गिजाको उपचार र औषधी वितरण गरिएको थियो । शिविरमा दन्त चिकित्सक डा सिजन मसार्नी, दन्त चिकित्सा सहायक करुणा गर्बुजा, अञ्जु विक, नेलम्बो कार्यक्रम संयोजक भीम प्रसाद भण्डारी, किल्निकल सहयोगी रितिक चुवाई, फिल्ड एडमिन सहयोगी नम्रता ढुङ्गाना, प्राविधिक सुपरभाईजर रुपेश गुरुङ्ग र मुक्त बहादुर हमालले प्राविधिक सहयोग उपलव्ध गराउनुभएको थियो ।

दन्त शिविरमा उपचार लिएका सेवाग्राहीहरुलाई आवश्यकताका आधारमा पूनः उपचार तथा फलोअपको पनि व्यवस्था मिलाईएको नेलम्बोका कार्यक्रम संयोजक भण्डारीले बताउनुभयो ।

Previous Post

समाजवादी अर्थव्यवस्थामा उत्पादनमा न्यायोचित वितरण हुन्छ : अध्यक्ष नेपाल

Next Post

देशको अर्थतन्त्र सुधारको बाटोमा छ : प्रधानमन्त्री

सम्बन्धित खबर

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
आर्थिक

पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा

५ चैत्र २०८२,
मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु
आर्थिक

मन्त्रालयका भित्तामा सुशासन कुरिरहेका योद्धाहरु

५ चैत्र २०८२,
म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण
आर्थिक

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

५ चैत्र २०८२,
बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र
आर्थिक

बुबाको पेसालाई पछ्याउँदै सफल डेरी उद्यागी बनेका योगेन्द्र

५ चैत्र २०८२,
टीकाको दोस्रो दिन आज पनि मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
आर्थिक

चैत्र शुक्ल पक्षः आज चैते दसँैको घटस्थापना

५ चैत्र २०८२,
सुनको मूल्य घट्यो
आर्थिक

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

५ चैत्र २०८२,
Load More
Next Post
ओलीले संविधान र संघीयतालाई अपहरण गर्ने काम गरे : ‘प्रचण्ड’

देशको अर्थतन्त्र सुधारको बाटोमा छ : प्रधानमन्त्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In