• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    इरान–इजरायल युद्ध फैलिँदै

    इरान–इजरायल युद्ध फैलिँदै

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

    काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर

    नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

एक सय ३२ प्रतिशतले बढे पर्यटक

by
२० बैशाख २०८०,
0
एक सय ३२ प्रतिशतले बढे पर्यटक
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सन् २०२३ को चार महिनामा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७ प्रतिशतले बढेको छ । सन् २०२२ को जनवरीदेखि अप्रिलसम्म एक लाख ४० हजार तीन सय ३६ पर्यटक आएकामा यस वर्षको सोही अवधिमा तीन लाख २६ हजार पाँच सय २७ पर्यटक आएका छन् । कोरोना महामारीपूर्व सन् २०१९ को समीक्षा अवधिमा चार लाख २० हजार चार सय ४६, सन् २०२० मा दुई लाख २० हजार छ सय ८२, सन् २०२१ मा ५५ हजार चार सय ४७ र सन् २०२२ मा एक लाख ४० हजार तीन सय ३६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । पछिल्लो अप्रिल महिनामा मात्रै ९८ हजार सात सय ७३ पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो मार्च महिनामा ९९ हजार चार सय २६, फेब्रुअरीमा ७३ हजार दुई सय ५५ र जनवरीमा ५५ हजार ७४ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार सन् २०१९ को तुलनामा ९० प्रतिशत पर्यटक बढेका छन् । “चार महिनाको तुलनामा सन् २०१९ को हाराहारीमा पर्यटक आगमन भएको देखिन्छ । यो हवाई मार्ग भएर आएको आँकडा हो, अप्रिलको तुलनामा ९० प्रतिशत पुनरुत्थान भएको छ”, उहाँले भन्नुभयो । पर्यटक आगमनको प्रवृत्ति हेर्दा चिनियाँ पर्यटक उत्साहबद्र्धकरूपमा बढेको निर्देशक लामिछानेले उल्लेख गर्नुभयो । फेब्रुअरीमा करिब एक हजार आठ सय चिनियाँ पर्यटक आएकामा मार्चमा ३० प्रतिशतले बढेर दुई हजार छ हजार पर्यटक आएका थिए भने अप्रिल महिनामा ८१ प्रतिशतले बढेर चार हजार सात सय ७० चिनियाँ पर्यटक नेपाल आएका छन् । पर्यटक बढी आउने १० मुलुकमध्ये चीन चौथो नम्बरमा छ ।

पहिलो स्थानमा रहेको भारतबाट सबैभन्दा बढी ३१ हजार चार सय ३७ पर्यटक आएका छन् । अमेरिकाबाट आठ हजार चार सय १३, बेलायतबाट पाँच हजार चार सय नौ, अष्ट्रेलियाबाट तीन हजार आठ सय २८, जर्मनीबाट तीन हजार चार सय ४६, फ्रान्सबाट तीन हजार दुई सय ११, रसियाबाट दुई हजार छ सय ६७, बङ्गलादेशबाट दुई हजार दुई सय १७ र थाइल्याण्डबाट दुई हजार एक सय दुई पर्यटक नेपाल आएका छन् । यो विवरण हेर्दा महामारीपछि पर्यटन पुनरुत्थान भएको देखिन्छ । महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने केही बढेको थियो । उक्त वर्ष छ लाख १४ हजार एक सय ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आई दुई लाख ३० हजार ८५ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यसैगरी २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।

Previous Post

साइबर सुरक्षामा फितलो पूर्वाधार

Next Post

भारतको गोवामा हुने एससीओ बैठकमा चीनका विदेशमन्त्री छिन काङ सहभागी हुने

सम्बन्धित खबर

इरान–इजरायल युद्ध फैलिँदै
फिचर-ब्यानर

इरान–इजरायल युद्ध फैलिँदै

३० फाल्गुन २०८२,
नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश
फिचर-ब्यानर

नासाको अन्तरिक्षयान ‘भान एलेन प्रोब–ए’ पृथ्वीमा प्रवेश

३० फाल्गुन २०८२,
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
अन्तर्राष्ट्रिय

इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

३० फाल्गुन २०८२,
अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान
आर्थिक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

३० फाल्गुन २०८२,
अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह
फिचर-ब्यानर

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

३० फाल्गुन २०८२,
काठमाडौं बन्यो विश्वकै तेस्रो प्रदूषित शहर
फिचर-ब्यानर

नेपालमा वायु प्रदूषणबाट बर्सेनि ४२ हजार मानिसको मृत्यु !

३० फाल्गुन २०८२,
Load More
Next Post
भारतको गोवामा हुने एससीओ बैठकमा चीनका विदेशमन्त्री छिन काङ सहभागी हुने

भारतको गोवामा हुने एससीओ बैठकमा चीनका विदेशमन्त्री छिन काङ सहभागी हुने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In