• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, March 15, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

    किसानलाई सिँचाइको समस्या

    किसानलाई सिँचाइको समस्या

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

नेपालको नयाँ चिनारी बन्दै क्रिकेट

by
२० बैशाख २०८०,
0
नेपाली क्रिकेट टोलीलाई रास्वपाको बधाई
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 नेपाल र युनाइेट अरब इमिरेटस् (युएई) बीचको फाइनल प्रतिस्पर्धा । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपालका समर्थकहरूको घुइँचो । नेपालले ३० ओभरको खेल खेलिसकेको थियो । ब्याटिङ क्रिजमा हुनुहुन्थ्यो गुलशन झा र भीम सार्की । नेपालले तीन विकेटको क्षतिमा एक सय ११ रन बनाउँदै एक सय १८ रनको लक्ष्य करिब करिब पच्छ्याइसकेको थियो । दर्शकमा गज्जबको रोमाञ्च थियो । उनीहरू सोमबारजस्तै फेरि वर्षाले खेल नबिथोलोस् भन्ने प्रार्थना गरिरहेका थिए । ३१औँ ओभरमा बलिङ गर्न आए युएईका आयान खान । पहिलो बल डट । नेपाली दर्शक दीर्घामा एक किसिमको सन्नाटा । ओभरको दोस्रो बलमा गुलशनद्वारा छक्का प्रहार र युएईसँग बराबरीको स्कोर । दर्शक दीर्घामा प्रसन्नताको लहर । पूरै मैदानमा खुसीको सञ्चार ।

ओभरको तेस्रो बलमा गुलशनद्वारा एक रनको वृद्धि र एसिसी कपमाथि नेपालको कब्जा । मैदानमा नेपाली दर्शकको विजयोत्सव र हर्षोल्लास । सम्भवतः नेपाली क्रिकेटको अहिलसम्मकै सबैभन्दा ठूलो विजयको साक्षी बन्न पाउँदा कुन चाहिँ नेपाली खुशी नहोलान् ? त्यसमाथि मैदानमै रहेका दर्शकको खुसी र उत्साहलाई कुनै पनि शब्दमा वर्णन गर्न सकिँदैन । मङ्गलबार पनि काठमाडौँ उपत्यकाको मौसम दर्शकले चाहेको जस्तो थिएन । आकास बादलले ढाकिएको थियो । पानी एकछिनमै परिहाल्छ की भनेजस्तो अवस्था थियो । तर दर्शकलाई मौसमको कुनै पर्वाह थिएन । उनीहरू सोमबारको जस्तै छाता बोकेरै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान ओइरिएका थिए । नेपालले सोमबार टस जितेर पहिला फिल्डिङ रोजेको थियो । खराब मौसमकै बीच प्रारम्भ भएको खेलमा युएईले २७ दशमलव तीन ओभर खेल्दै नौ विकेटको क्षतिमा एक सय छ रन बनाएको थियो । सोमबारको खेलबाट दर्शकसँगै नेपाली टोली पनि उत्साहित थियो । खेलको नतिजा आफ्नो पक्षमा रहनेमा उनीहरू एक किसिमले ढुक्क थिए । सोमबार बाँकी रहेको खेल आज नौ बजे पुनः सुरु भएको थियो । युएई ३३ दशमलव एक ओभरमा एक सय १७ रन बनाउँदै ‘अल आउट’ भयो । नेपालको ब्याटिङ पनि सुरुआतमा राम्रो रहेन । आठ ओभर खेल्दा नेपालले मात्र २२ रन बनाउँदा तीन विकेट गुमाइसकेको थियो । कुशल भुर्तेल, आशिफ सेख र कप्तान रोहितकुमार पौडेल सस्तैमा पेवेलियन फर्किएको अवस्थामा गुलशन झा र भीम सार्कीले नेपालको पारी सम्हाल्नुभयो । दुवै जनाबीच ९६ रनको साझेदारी कायम हुन पुग्यो र नेपालको विजय यात्रा सुनिश्चित भयो ।

झाले अद्र्धशतकीय पारी खेल्नुभयो । उहाँले अविजित ६७ रन बनाउनुभयो । यस्तै सार्कीले अविजित रहँदै ३६ रनको योगदान दिनुभयो । झा आजको खेलका नायक बन्नुभयो । अघिल्लो खेलमा बेञ्चमा सीमित झालाई युएईविरुद्धको फाइनल खेलमा प्रशिक्षक मोन्टी देसाईले रणनीतिका साथ मैदानमा उतार्नुभएको थियो । उहाँले प्रशिक्षक देसाईको आफूमाथिको भरोसालाई सत्य प्रमाणित गरेर देखाइदिनुभयो । प्रायः ब्याटिङ गर्न तल्लो क्रममा पठाउने गरिए पनि आजको खेलमा भने झा तेस्रो नम्बरमै मैदानमा आउनुभएको थियो । झा तिनै खेलाडी हुुनुहुन्छ, जसले आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा युएईलाई नै हराउँदै नेपाललाई विश्वकपको छनोटका लागि पक्का गराउनुभएको थियो । प्रशिक्षक देसाईले त्यही प्रदर्शनबाट प्रभावित भएर आजको खेलमा पनि उहाँलाई स्थान दिलाउनु भएको थियो । उहाँलाई दरिलो साथ दिनुभएको थियो सार्कीले । यही जोडीको उत्कृष्ट प्रदर्शनले नेपाल सहजै एसिया कपका लागि चुनियो । युएईलाई सात विकेटले हराउँदै नेपालले उपाधिमाथि कब्जामात्र जमाएन, बरु दोस्रो पटक एसिया कपका लागि छनोट हुन पनि सफल भयो । जितसँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एशिया कपमा छनोट भएको छ । अब नेपालले भारत र पाकिस्तानजस्ता क्रिकेटका अब्बल देशसित खेल्ने मौका पाउने निश्चित भएको छ ।

सन् २००२ मा पनि नेपालले एशिया कपमा स्थान बनाएको थियो । तर, त्यतिबेला भारत र पाकिस्तानबीचको तनावका कारण प्रतियोगिता आयोजना हुन सकेको थिएन । “भारत र पाकिस्तानसित खेल्ने सपना पूरा भएको छ”, उपाधि जितेपछि नेपाली राष्ट्रय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले भन्नुभयो, “वषौँदेखिको मेहनतले बल्ल सार्थकता पाएको छ ।” “हामीले खेलेअनुसारकै परिणाम आयो”, कप्तान पौडेलले खुसी व्यक्त गर्दै भन्नुभयो, “विगतमा भारत र पाकिस्तानको खेल हेर्दै आयौँ, अब उनीहरूसित खेल्छौँ ।” नेपाली क्रिकेटले उल्लेख्य प्रगति गर्नुमा दर्शकको ढाडसलाई पनि महत्त्वपूर्ण मानिन्छ । क्रिकेटमा धेरै प्रगति गरेका कतिपय देशमा खेलाडीले दर्शकबिना नै खेलिरहेका हुन्छन् । तर नेपालमा भने खेलाडीलाई सबैभन्दा ठूलो साथ दर्शकको रहेको छ । नेपाली क्रिकेट टोलीले तिनै दर्शकले प्रदान गर्ने हौसला विपक्षी टोलीमाथि विजय प्राप्त गर्ने ठूलो हतियार मान्ने गरेको छ ।

एसीसी मेन्स प्रिमियर कपका सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछाने भन्नुहुन्छ, “झरीमा रुझेर पनि दर्शकले हामीलाई अन्तिम समयसम्म साथ दिनुभयो, खेलाडीलाई प्राप्त यही हौसलाले हामीलाई सफलता मिलिरहेको छ ।” एशिया कपका लागि छनोट हुनुअघि नेपाल विश्वकप क्रिकेटको छनोट प्रतियोगिताका लागि स्थान बनाउन सफल भएको थियो । उक्त प्रतियोगिता जिम्बावेमा हुने तय भएको छ । नेपालका लागि दुवै प्रतियोगिता महत्त्वपूर्ण रहेका नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो । “नेपालले क्रिकेटमा फड्को मारेको छ, अब पछाडि फर्किनुपर्ने अवस्था छैन”, उहाँले प्रसन्नता व्यक्त गर्दै भन्नुभयो । उहाँको विश्वास छ, “भारत र पाकिस्तान जस्ता देशसित खेल्दा नेपालको क्रिकेटको स्तर बलियो हुनेछ ।” अध्यक्ष चन्दको भनाइ छ, “बलिया टोलीसित जति धेरै खेल्यो त्यति नै निखारिँदै गइन्छ, अब हाम्रो क्रिकेट विश्वले तारिफ गर्न लायक हुन्छ ।” नेपाली क्रिकेट टोलीले दुई महिनायता तीनवटा सफलता हासिल गरेको छ ।

नेपालले सङ्कटमा परेको एकदिवसीय मान्यता आगामी चार वर्षका लागि सुरक्षित गरेको छ । एक दिवसीय विश्वकप छनोटमा स्थान पक्का गरेको छ र आजको जितपछि टेस्ट मान्यता प्राप्त पाँच देशसित खेल्न एशिया कपका लागि छनोट भएको छ । नेपालको सपना एशिया कपसम्म मात्र सीमित नहुने क्यान अध्यक्ष चन्द बताउनुहुन्छ । उहाँको भनाइ छ, “नेपालको अबको लक्ष्य विश्वकपमा सहभागिता हो ।” क्रिकेटको माहोल राम्रो हुँदै गएकोमा क्यान सन्तुष्ट छ । नयाँ नयाँ प्रतिभा देशभर उत्पादन हुने क्रम जारी छ । व्यक्तिगत लगाव र अभिभावकको लगानीका कारण यो सम्भव भएको हो । खेलाडी उत्पादनमा सरकारी उत्पादन न्यून छ भन्दा हुन्छ । यसतर्फ सङ्घीय, प्रदेश र स्थानीय सरकारको ध्यान अनिवार्यरूपमा जानुपर्छ । नेपाललाई खेल पर्यटनका माध्यमबाट पनि विश्वमाझ चिनाउनमा मद्दत पुग्ने निश्चित छ । यसका लागि तीनै तहका सरकारले होस्टेमा हैँसे गर्न जरुरी छ । यसो हुन सकेको खण्डमा नेपाल अब क्रिकेटका माध्यमबाट पनि विश्वभर चिनिने छ ।

Previous Post

केटालाई बाँध्न

Next Post

पाथीभरामा दर्शनार्थीको भीड

सम्बन्धित खबर

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
आवाज

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

१ चैत्र २०८२,
साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य
फिचर-ब्यानर

साभुङ–देउराली–केलादीघाट : मार्गको ठेक्का सम्झौता अन्त्य

१ चैत्र २०८२,
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
आर्थिक

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

१ चैत्र २०८२,
किसानलाई सिँचाइको समस्या
समाचार

किसानलाई सिँचाइको समस्या

१ चैत्र २०८२,
रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
समाचार

रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा

१ चैत्र २०८२,
अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
समाचार

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो

१ चैत्र २०८२,
Load More
Next Post
‘लिफ्टिङ’ प्रविधिबाट पाथीभरा मन्दिरमा खानेपानी

पाथीभरामा दर्शनार्थीको भीड

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In