१. अज्ञान वा ज्ञानमा कुनै अधर्म कार्य भइहालेमा पनि आफ्नो आत्मालाई त्यसबाट तुरुन्त हटाउनुपर्दछ, जसले गर्दा अर्काे पटक त्यो कार्य नगरियोस् ।
२. जो व्यक्ति हित–मित तथा अल्पाहार गर्दछन् तिनलाई कहिल्यै वैद्य र चिकित्सकको आवश्यकता पर्दैन । ती त स्वयम् आफ्ना चिकित्सक हुन्छन् र आफ्नो अन्तर्शुद्धिमा लागिरहन्छन् ।
३. जो जस्तो सोचिरहन्छ कि उसले मलाई गाली ग¥यो, मसँग नराम्रो व्यवहार ग¥यो, उसले मलाई हटायो, उसले मलाई लुट्यो, उसको शत्रुता कहिल्यै मेटिन्न ।
४. व्यक्ति स्वयम् आफ्नो मालिक हो । अर्काे कोही मालिक हुन सक्तैन । यदि व्यक्तिले स्वयम्मा संयम राख्दछ भने उसले दुर्लभ स्वामित्व प्राप्त गर्दछ ।
५. त्यो व्यक्ति जसको हात, खुट्टा, वाणी र मस्तिष्क संयमित छ, त्यो व्यक्ति जसलाई ध्यानबाट आनन्द प्राप्त हुन्छ र जो शान्त छ, त्यो व्यक्ति जो एकान्तप्रिय र आत्मसन्तुष्ट छ ऊ भिक्षु हो ।
६. जसमा शरीर र मनप्रति कुनै प्रकारको ‘म’ र ‘मलाई’ को भाव छैन, जो त्यसका लागि शोक गर्दैन जुन आफूसँग छैन, उही नै सच्चा भिक्षु भनिन्छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













