१. वातावरण संरक्षण ऐन कहिले प्रकाशित भयो ?
– २०५३ माघ १७ ।
२. हरितगृहको निर्माण कसरी हुन्छ ?
– बाहिरको ताप भित्र जाने तर भित्रको ताप बाहिर नजाने गरी बनाइन्छ ।
३. नेपालले विश्व वातावरण संगठनको सदस्यता कहिले प्राप्त ग¥यो ?
– सन् १९५३ ।
४. समयवाधिको आधारमा बसाइँसराइ कति प्रकारका हुन्छन् ?
– ३ प्रकारका ।
५. १० वर्षभन्दा बढी बसाइँसराइ गरेमा त्यसलाई कुन बसाइँसराइ भनिन्छ ?
– स्थायी ।
६. ५ वर्षदेखि १० वर्षबीचको बसाइँसराइलाई कुन प्रकारको बसाइँसराइका नामले चिनिन्छ ?
– अस्थायी ।
७. विश्व जनसंख्या सम्मेलन कति कति वर्षको अन्तरालमा आयोजना गरिन्छ ?
— १०÷१० वर्ष ।
८. नेपालमा जनगणना दिवस कहिले मनाइन्छ ?
– हरेक वर्षको असार ८ ।
९. वि.सं. २०६८ को जनगणना नेपालको कतिऔँ जनगणना हो ?
– ११ औँ ।
१०. नेपालमा औद्योगिक जनगणना कति कति वर्षको अन्तरालमा गरिन्छ ?
– ५÷५ वर्ष ।
साभारः ‘सामान्य ज्ञान’ पुस्तकबाट













