अंगुर गुलियो फल भए पनि यसमा चिनीको मात्रा असाध्यै थोरै मात्रामा हुन्छ । अंगुरमा सबै आवश्यक पोषक तत्व जस्तै पानी, सोडियम, पोटासियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन पाइन्छ । अंगुरको सेवनले अनेकौं रोग लाग्नबाट जोगाउँछ ।
– नियमित अंगुर खानाले माइग्रेनको पीडा हराउँछ ।
– दिनदिनै बिहान खाली पेटमा अंगुर खानाले शरीरमा रगतको कमी हुन दिँदैन ।
– अंगुर खानाले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु स्वस्थ रहन्छ । हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । मुटुरोगीहरुले कालो अंगुरको रस पिउँदा फाइदा हुन्छ ।
– अंगुरमा पाइने पोलीफेनोलिक फाइटोकेमिकलले शरीरलाई क्यान्सरबाट, कोरोनरी मुटुरोग, नसारोग, बिर्सने रोग, फंगल संक्रमणजस्ता रोगसँग लड्ने क्षमता प्रदान गर्छ ।
– अनुहार वा जिउमा फोकाफोकी आएमा अंगुरको सेवनले त्यसलाई सुकाउन मद्दत गर्छ ।












