Life means living, living means relationship, relationship means contact, contact means co-operation.
मेरो शिक्षाको हृदय सारः निद्रामा आँफै मा शान्त रहने को हो ? गम्भीर विचार गर ।
त्यो अन्तःकरण मुक्त अवस्थाको ध्यान राख्नु अस्वस्थ मनुष्यताका लागि निर्मित अनेक औषधी सरह हो । अन्यथा रूप मतमतान्तरले केवल चौरासीको चक्कर मात्रै गराउँछन् ।
ईश्वर, भगवान्, गाड, अल्लाह, विष्णु, शिव, देवी, बुद्ध सबै अनामीमा प्रवेश नपाएर देशकालका अधीन रहेका नाम र व्यवस्था मात्रै हुन् ।
जय, विजय राक्षस भए फेरि जय विजय हुन्छन् । पुनः परिस्थितिवश राक्षस हुन्छन्, यी कथाका साथ कल्पित ईश्वरहरू हाम्रै मनका रचना हुन् ।
समाजको सुविधा, इज्जत र स्वार्थ त्याग्न नसक्नु नै अस्वस्थ मनुष्यता हो ।
स्वस्थ मनुष्यले आत्मामा स्थिति गरेर अनित्य र मिथ्याको त्याग गर्न सक्नुपर्छ ।
सबै मिथ्या र अनित्यको यथार्थ सम्झेर शान्त, सरल, सादा र प्रज्ञापूर्ण जीवन बाँच्न आउनुपर्छ । जसले शरीरको जन्म मृत्यु मनको सङ्कल्प÷विकल्प तथा अभिमानको प्रपञ्चलाई सम्झिन्छ । त्यो मनुष्य यसै क्षण अमरता, स्वतन्त्रता प्राप्त गर्दछ ।
जे हुन्छ, जस्तो हुन्छ, त्यस्तै हुनु थियो, राम्रो भए भैरहोस् भन्ने, नराम्रो भए फेरि न होस् भन्ने अज्ञानको वृत्तिबाट पर आफु साक्षी हुन सक्नु नै मनुष्यत्वको सार रहस्य र उपलब्धि हो । बाँकी सबै धर्मकर्म, दुकानदारी र भटकाव मात्रै हुन् ।
साभार ः ‘विचारप्रवाह’ पुस्तकबाट













